चंखेली गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न


अषााढ १७ हुम्ला । हुम्ला चंखेली गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । १५ गते गाउँसभामा ३२ करोड ३६ लाख ५३ हजारको बजेट पास गरेको गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए ।

गाउँसभामा उपाध्यक्ष बिमला शाहीले बजेट पेश गरेको थिईन भने अध्यक्ष चौलागाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा शिक्षा स्वास्थ्य, कृषि, बिद्युत, सडक लगायतको क्षेत्रमा जोड दिइएको छ ।

प्रकाशित मितिः     १८ असार २०७८, शुक्रबार ०८:५२  |