माटोको ढिस्कोले पुरिएको जेसीबी बाहिर निकाले


माटोको ढिस्कोले पुरिएको जेसीबी आज निकालीएको छ । प्रहरी प्रशासन सहित गाउँपालिकाका जनप्रतिनिधि,क्रमचारी र स्थानीय नागरीको सहयोगमा बिहिबार माटोबाट बाहिर निकालीएको छ ।

अदानचुली गाउँपालिकाको गौरबको आयोजना भनिएको श्रीनगर कालीका सडक खण्डमा सडक खनिरहेको अबस्थामा १४ गते साँझ माथिबाट आएको माटोको ढिस्काले जेसीबीलाई पुरेको थियो भने जेसीबी चालकको समेत मृत्यु भएको थियो ।

हिजो मात्र अदानचुली गाउँ कार्यपालिकाको बैठक बसी मृतक चालक शन्तोस थारुको लास बार्दिया सम्म पुर्याउन,पोष्टमाटम गर्न र दाहसँस्कार गर्नको लागि ५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त जेसीबी माटोको ढिस्कोबाट बाहिर निकाल्नको लागि आज गाउँपालिकाले सबैको सहयोग मागेको थियो गाउँपालिकाका जनप्रतिनिधि,क्रमचारी,प्रहरी प्रशासन लगायत अन्य धेरै नागरीकहरु लगेर साँझ साढे ६ बजे तिर निकालीको सम्बन्धीत ठाउँमा पुगेका वडा सदस्य वर्ष महताराले बताउनु भएको छ ।

प्रहरी प्रशासन हित सम्पुर्ण नागरीकको सहयोगमा आज माटोको ढिस्कोबाट बाहिर निकालेर करिब १ किलोमिटर यता डाँडामा ल्याएर राखेको बताएका छन् । जेसीबीको बाहिर केही क्षेती भए पनि मेसीन केही नबिग्रिएकोले माटो फाली सके पछि मेसीन चालु गरेर चलाएर ल्याएकोबताउनु भएको छ ।

प्रकाशित मितिः     १८ असार २०७८, शुक्रबार ०८:५३  |