हुम्लामा एक सुत्केरीलाई समस्या भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार


असार ८, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाबाट एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाण्डौ उद्धार गरिएको छ । अदानचुली गाउप्ाँलिकाको वडा नम्बर ५ बारीगाउँकी १८ वर्र्षीया शुनकेशा ऐडीलाई उद्धार गरिएको हो ।

सुत्केरी ब्याथा लागेको करिब १८ घण्टा भन्दा धेरै भैसकेकाले महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार अपरान्ह करिब ५ बजे सुत्केरी महिलाको उद्धार गरिएको अदानचुली गाउँपालिकाका अध्इक्ष दल फडेराले जानकारी दिनु भयो ।

घरैमा बुधबार राती बाट सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी ऐडीलाई नजिकै रहेको लौठी स्वास्थ्य चौकी बारीगाउँमा राखेर उपचार गर्दा पनि बच्चा नजन्मीदा ब्याथा झन् बढी रहेकाले आफुले स्वास्थ्य चौकीमा १८ घण्टा भन्दा धेरै राख्न नमिल्ने भएकाले सुर्खेतको लागि रिफर गरेको स्वास्थ्य चौकी ईन्चार्ज बिनोद बुढाले बताए ।

सुत्केरी महिलाको थप उपचारको लागि नेपाली सेनाको फिस्टेल हेलीकप्टरबाट उद्धार गरी अहिले सुर्खेतमा लगिएको छ ।

प्रकाशित मितिः     ८ श्रावण २०७८, शुक्रबार २१:४४  |