मोहनसिंह बुढा
साउन २८ हुम्ला । जिल्लाको तल्लो क्षेत्रमा दोस्रो पटक अन्तराष्टिय युवा दिबस मनाएको छ । जिल्ला सदरमुकाम भन्दा टाढा भएकाले कुनै पनि दिबशहरु नमनाउने यस क्षेत्रमा ग्रामिण जनउत्थान बिकास कार्यक्रमले यस वर्ष पनि अन्त्रराष्टिय युवा दिबस मनाएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न तथा युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गराउनको लागि प्रत्येक १२ अगस्टलाई १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै मनाउने गरेता पनि दुर दराजका ठाउँहरुमा यतिबेला मात्र मनाउन सुरुवात गरीएको छ ।
पछिल्लो समय हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर ४,५ र ६ मा बिभिन्न खाले शुसासन लगायत बिकास निमार्णका काम गरी रहेको ग्रामिण जनउत्थान बिकाश कार्यक्रमले दोस्रो वर्ष पनि स्थानीय युवायुवतीहरुलाई जम्मा गरेर २२ औ अन्तराष्टीय युवा दिवश मनाएको छ । संस्थाले गठन गरेका सबै युवा क्लवका सदस्य र गाउका दलित महिला जनजाती,बृद्धबृद्धाहरु सहित सयौकोे उपस्थितीमा नारा जुलुस तथा र्याली सहित अदानचुली ५ मा अबस्थित लौठी स्वास्थ्य चौकीमा दिबस मनाईएको हो ।
पछिल्लो सयम लोप हुँदै गएको स्थानीय भाषामा संकलित गितसँगै नृत्य र कोभीड १९ मा युवाहरुको भुमीका भन्ने शिर्षकामा बक्तृत्वकला प्रतत्योगिता समेत गरेकोे छ ।
दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्न केन्द्रीत गर्दै सन् २०२१ को नेपालका युवाहरुकालागी युवा दिवसको नारा युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिइएको थियो तर ग्रामिण जनउत्थान बिकाश र्काक्रम आर पियु डिपी अदानचुली हुम्लाले खाद्य प्रणालीमा रुपान्तरण मानव र स्वास्थयका लागी युवा नवप्रवर्तन भन्ने नाराका साथ दिवश मनाएको हो । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइएको छ । नेपाल जस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिएको छ