सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी


मोहनसिंह बुढा
भाद्र १० हुम्ला । ग्रामिन जनउत्थान कार्यक्रम मार्फत अदानचुली गाउँपालिकाको कालीका क्षेत्रमा दाँते ओखरको बिरुवा बितरण गरेको छ ।

बिगतका दिनहरुमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको उक्त सस्थाले त्यहाँ किषानहरुलाई २५ सय २० वटा दाँते ओखरका बिरुवाहरु बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक छिरिङ पाल्मु लामाले बताईन् ।

हिमाली ग्रामिण क्षेत्रमा दिगो जिबिकोपार्जन तथा जैबिक विविधता संरक्षण परियोजना कार्यक्रम अन्त्रगत सुर्खेतबाट खरीद गरी ल्याएको उक्त दाँते ओखरका बिरुवा अदानचुली गाउँपालिका वडा नम्बर ४,५ र ६ मा बितरण गरेको हो ।

जिल्ला संयोजक लामाले भनिन् किसानहरुलाई व्यावसायिक र कृषि क्षेत्रबाट आम्दानी लिन सक्ने बनाउन हरीयाली कृषि सहकारी संस्था बिगोठीलाई ८ सय ४०,फुलबारी कृषि सहकारी सस्थालाई ८४० र आधुनीक कृषि समुहलाई ८ सय ४० गरी जम्मा २५ सय २० वटा विरुवा वितरण गरेका छौ ।

टिडियस बियमजेट जर्मनको आर्थिक सहयोग हुरन्डेक कालीकोटको प्राबिधिक सहयोगमा सुर्खेतमा प्रति बिरुवाको ५ साय ५० मा खरीद गरी ५० हजारमा बाजुरा हुँदै हुम्ला अदानचुली सम्म ढुवानी गरेर ल्याएको बताईन । जसम्मा जम्मा लागत करिब १४ लाख ३६ हजारमा बिरुवा आई पुगेका हुँन् ।

सित्तैमा दाँते ओखरका बिरुवा पाउँदा स्थानीय नागरीक खुसी भएका छन् ।

प्रकाशित मितिः     १० भाद्र २०७८, बिहीबार ११:२४  |