किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग


काली बहादुर थापा

भाद्र १३ हुम्ला । किर्डाक नेपाल र युनिसेफ नेपालको आर्थिक सहयोगमा अदानचुली १ का ३ जना बालबालीकालाई आर्थिक सहयोग गरेको छ ।

किर्डाक नेपालको सुर्खेत शाँखाले जिल्ला भरीका कोभिड १९ तथा अन्य कारणले जोखीममा परेका बालबालीकालाई आर्थिक सहयोग गर्ने भनिएता पनि बिबिध कारणले सबैलाई सहयोग गर्न नसकिए पनि पहिलो चरणमा थोरै भए पनि अदानचुली गाउँपलिका वडा नम्बर १ का ३ जना बाललबालीकालाई ४।४ हजार रुपैया आर्थिक सहयोग गरेको मोनिटरीङ अफिर किरण पौडेलले बताए ।

उक्त आर्थिक सहयोग १ नम्बर वडाका वडा अध्यक्ष रग थापा मार्फत आज वडा कार्यालयमा बोलाएर उनिहरुलाई हस्तान्त्रण गरेको छ । अदानचुली गाउँपालिका वडा नम्बर १ की तारा महताराकी छोरी शितला महतारा,माथिल्लो कल्खेका जक्ती लुवारका छोरा शिब लुवार र प्रेमकला थापाकी छोरी प्रमिला थापालाई आज बिहान वडा नम्बर १ को वडा कार्यालयमा बोलाएर उक्त सहयोग रकम हस्तान्त्रण गरीएको वडा अध्यक्ष रग थापाले जानकारी दिए।

उक्त सहयोग रकम रेडियो श्रीनगरका स्टेशन म्यानेजर काली बहादुर थापा मार्फत वडा अध्यक्षलाई बुझाई आजै वडा अध्यक्ष थापाले तिनै जान बालबालीकाका अबिभाबकलाइ बोलाएर हस्तान्त्रण गरीएको बताउनु भयो । आइतबार सहयोग हस्तान्त्रण गरीएका बालबालीकाहरु मध्ये शितला महताराका बुवा केही वर्ष अगाडि मृत्यु भएको थियो भने शिब लुवारकी आमाको पनि केही वर्ष अगाडी मृत्यु भएकाले उनिहरु अबिभबक बिहिन थिए भने प्रमिला थापा अति गरिब घरपरिवारकी बालीका रहेका रहेको प्रतिबेदन पश्चात उनिहरुलाई पहिलो चरणमा सहयोग हस्तान्त्रण गरीएको छ भने बाँकी अन्य वडा र गाउँपालिकामा पनि बिस्तारै त्यस्ता जोखीम बालबालीकालाई हस्तान्त्रण गर्दै जाने परियोजना सुपरभाईजर प्रदिप बोहराले बताउनु भएको छ ।

बालबालीकका अबिभाबकले सहयोग गर्ने संस्थालाई धन्यबाद दिदै सहयोगलाइ निरन्त्रता आग्रह गरे । उक्त राहत रकम चार चार हजार हस्तान्त्रण गर्दै वडा नम्बर १ का वडा अध्यक्ष रग थापाले पनि सहयोगी दातालाई धन्यबाद दिए । हामीले उनिहरुलाई प्रत्यक्ष राहत रकम सहयोग गर्न नसके पनि किर्डाक नेपाल र यसनिसेफले सहयोग गरेको वडाको तर्फबाट धन्नयबाद दिदै यो पैसा बेफाल्टुमा खर्च नगरी बालबालीको शिक्षा दिक्षा लगायत अत्याबश्यक कुरामा खर्च गर्न आर्गह गर्नु भयो ।

प्रकाशित मितिः     १३ भाद्र २०७८, आईतवार १७:४९  |