सिमकोट । जनता समाजवादी पार्टी हुम्लाले पार्टी निर्माणका क्रममा चार महिने ‘सुज अभियान’ शुरु गरेको छ ।
जिल्लामा अन्य राजनीतिक दलहरुले पार्टी निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला जनता समाजवादीले यस्तो अभियान सञ्चालन गर्न लगोको हो ।
पछिल्लो समय देशमा राजनितिक अवस्था निक्कै उतरल भएको बेला र सरकार पनि दिगो नटिक्ने भएपछि जनता समाजबादीले केन्द्रिय निर्देशन बमोजीम दुर्गम जिल्ला हुम्लामा पनि उक्त अभियान सञ्चालन गर्न लागिएको एको जनता समाजवादी पार्टीका हुम्लाका जिल्ला सचिव भैरवबहादुर शाहीले जानकारी दिए । पार्टीको भर्खरै सम्पन्न जिल्ला कमिटि बैठकले गरेका निर्णयहरुका बारेमा जानकारी दिदैं सचिव शाहीले आज (बिहिबार) देखि जिल्लाभर सुज अभियान सञ्चालन गरेको बताए ।
‘देशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नु पर्ने र पुर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्थापन गर्नु पर्ने माग सहित हामीले सुज अभियान सञ्चालन गर्न लागेको हौ,’ जनता समाजवादी हुम्लाका अध्यक्ष अध्यक्ष धर्मराज बोहराले भने, ‘अभियानले जिल्लाको पार्टी निर्माण गर्नुका साथै ठूलो बलिदानीले ल्याएको संघीय लोकतान्त्रीक गणतान्त्रमा समेत देशमा राजनीतिक संकट नटरेका बेला उत्तम बिकल्प प्रदान गर्नेछ ।’
जिल्ला सदरमुकाम सिमकोटमा रहेको पार्टी कार्यालयबाट शुरु भएको र्यालीसँगै शुरु भएको अभियान जिल्ला समन्वय समितिको सभाहलमा गई कोण सभामा परिणत भएको बताइएको छ । पार्टीका जिल्ला अध्यक्ष धर्मराज बोहराको अध्यक्षता र केन्द्रिय सदस्य विरजन शाहीको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा सुज अभियानका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा पार्टीका नेताहरुले जिल्लाका सातवटै गाउँपालिका र वडा स्तरमा समेत अभियानका गतिविधिहरु सञ्चालन गर्ने जानकारी गराइएको थियो । पार्टीले सुज अभियान जिल्ला संयोजकका रुपमा केन्द्रिय सदस्य शाहीलाई छनोट गरिएको छ भने अन्य नेताहरुलाई अभियान्ता रुपमा सहयोग गर्न निर्देशन दिएको छ ।