हुम्लाका ६ गाउँपालिकामा अधिबेशन सम्पन्न,दक्षिणी क्षेत्रको अदानचुलीमा भण्डारी सर्बसम्मत


असोज १० हुम्ला । हुम्ला जिल्लाका ७ वटै गाउँपलिकामा शनिवारबाट सुरु भएको नेपाली काँग्रेसको १४औँ महाधिवेशन मार्फत ६ वटा गाउँपलिकामा र्ससम्मत गरेको छ । सात वटा गाउपालिका भएको हुम्ला जिल्लाका ४ वटा गाउँपलिकामा शनिबारनै सर्बसम्मत भैसकेका थिए भने आइतबार दुई वटा गाउँपलिकामा पनि सर्ब सम्मत चयन गरेको नेपाली कंग्रेश जिल्ला पाटी कार्यालय स्रोतले जनाएको छ ।

शनिबार सम्पन्न अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनाम बहादुर लामा, सिमकोट गाउँपालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, र ताँजाकोट गाउँपालिकामा कृष्णबहादुर मल्ल सर्ब सम्मत भएका हुँन भने हिजो देखी नै रस्साकस्सीमा रहेका अदानचुली गाउँपलिका र चंखेली गाउँपलिकाले भने आज सर्बसम्मत गरेको जिल्ला पाटी सचिब मोहन बिक्रम सिंहले बताउनु भयो ।
यस अघि जिल्ला कार्यसमिति सदस्य समेत रहेका अदानचुली २ का बिस्नु भण्डारी अदानचुली गाउँकार्यसमितिका सभापतिमा सर्ब सम्मत भएका हुँन् भने चंखेली गाउँ पालिकामा नर भण्डारीको नेतृत्वमा सर्वसहमत चयन भएका बताउनु भयो ।

हिजो देखी नै सहमतीको प्रयास भैरहेको सर्केगाड गाउँपालिकामा भने अहिले सम्म पनि चयन हुँन नसकेको जनाइएको छ सहमतिको प्रयास गर्दा गर्दै पनि सहमती हुँन नसकेकोले अन्ततः दुई जनामा सहमती हुँन नसकेको जिल्ला कार्यसमितिका सदस्य समेत रहेको वडा नम्बर ६ का वडा अध्यक्ष खड्क बुढाथेकीले जानकारी दिए । उनिहरु दुई बिच अहिले पनि सहमतिको प्रयास भैरहेको छ सभापतिका प्रत्यासी २ जना मध्ये बल खत्री देउवा पक्षका रहेका छन् भने धनराज शाही पौडेल पक्षका रहेका छन् ।

अदानचुली गाउँकार्य उपसभापतिमा हर्क शाही र ऐमान बुढा चयन भएका छन् यसै गरी सचिबमा बिशाल भण्डारी र बाल बहादुर छत्याल,सहसचिबमा पृथिराम जैसी र मिलन बुमी चयन भएका छन् भने कोषाध्यक्षमा उब्जन थापा सर्बसम्मत भएको नेपाली कंग्रेश अदानचुलीले जनाएको छ । अदानचुली गाउँपालिकाका हरेक वडाबाट ६।६ जना गरी ५१ सदस्यीय गाउँ कार्यसमिति सर्ब सम्मत गरेको छ । नबनिवार्चित पदाधीकारीले आज पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

प्रकाशित मितिः     १० आश्विन २०७८, आईतवार १९:३१  |