नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति यात्रामा सिंह ………….


असोज १९ मंलबार ,हुम्ला । ‘कटिवद्ध, प्रतिवद्ध र लगनशीलताले कुनैपनि व्यक्ति सफल बन्ने अचुक उपाय हो’ भन्ने कुराको प्रमाणीत नेपाली कांग्रेस हुम्ला जिल्ला कार्यसमितिको निर्वाचनमा प्रमाणीत भएको छ ।

आइतबार सम्पन्न नेपाली कांग्रेस हुम्लाको सातौ अधिवेशनबाट कांग्रेसको जिल्लाको हालसम्मको इतिहाँसलाई ब्रेक गर्दै अदनाचुली गाउँपालिका–५ निवाशी सिंह पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता पुर्वमन्त्री जीवनबहादुर शाहीको समर्थनमा जिल्लाको नेतृलामो समयदेखि कांग्रेस हुम्ला जिल्लाको राजनीतिमा क्रियासिल रहेका मोहन विक्रम सिंह अन्तत कांग्रेसको सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । त्वमा पुग्न सफल भएका छन् ।

तत्कालीन श्रीनगर गाविस स्थित सुर्योदय माध्यमिक विद्यालयमा प्रवेशीकासम्मको अध्ययन सकेका सिंह उच्च शिक्षा अध्ययनका लाग काठमाडौं गएदेखि नैं कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ०को राजनीतिबाट आप्mनो यात्रा शुरु गर्दै माउ पार्टीको जिल्लाको नेतृत्व हात पार्न सफल भएका छन् ।

विद्यार्थीको केन्द्रिय सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै जिल्लाको माउ पार्टीको राजनीतिक शुरु गरेका सिंह २०६२ सालदेखि पार्टीको सचिवको जिम्मेवारी सम्हाल्दै मुख्य पदमा पुग्न सफल भएका हुन् ।

कांग्रेस हुम्लाको आन्तरिक जीवनमा जिल्लाको माथिल्लो ९सिमकोट क्षेत्र० र मध्ये ९सर्केगाड क्षेत्र०मै सिमित सभापति पद पहिलो पटक जिल्लाको दक्षिण भेगमा लिन सफल भएका सिंह विवादकै बीच सभापतिको पदको सपथ खाएका हुन् ।

यस्तो छ, सिंहको राजनीतिक यात्रा

हुम्ला जिल्लाको अदानचुली ५ बारिगाउँ निवासी बलबहादुर सिंह र आमा तुलसा सिंहका दोस्रो सन्ताका रुपमा जन्मीका सिंह सानै उमेर देखि राजनितिमा चासो र चिन्ता गरि गरिरहन्थे । वुवा बलबहादुर तत्कालीन लौठी पञ्चालयका प्रधानपञ्च भएकाले पनि सानै उमेरदेखि राजनीतिक कोचिङ पाएका सिहंले लामो समय पछि जिल्लाको प्रमुख पद हात पार्न सफल भएका हुन् ।

२०४९ सालमा नेपाल बिध्यार्थि संघबाट राजनितिक जीवन सुरु गरेका सिंहले २०५५ सालमा जिल्ला बिकास समितिको सभापतिमा जिताउन सक्रिय भुमिका निर्वाह गरेका थिए । २०५६ सालको आम चुनावमा पार्टीको जिल्ला स्तरिय कार्यकर्ताको भूमिका निर्वाह गरी २०५७ सालमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिको अध्यक्ष भई कांग्रेसको औपचारिक राजनीतिक यात्रा शुरु गरेका थिए ।

२०५८ सालमा नेविसंघ केन्द्रीय संमन्वय विभागको सदस्य, २०५९ नेविसंघ हुम्लाको अध्यक्षको जिम्म्मेवारी सम्हालेका सिंह २०५९ सालमा आएर माउ पार्टी नेपाली कांग्रेस हुम्लाको जिल्ला कार्य समितिको सदस्यको जिम्मेवारीमा पुगेका थिए ।माउ पार्टीको राजनीतिमा लागेपछि २०६१ सालमा तत्कालिन सात राजनीतिक दलहरुले सञ्चालन गरेको संयुक्त आन्दोलनका क्रममा तत्कालिन

नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोईरालासँग ४ महिना जेल जीवन बिताए ।
वि।सं। २०७० देखी २०७४ सालसम्म दुर्गम क्षेत्र विकास समितिबाट राजनीतिक नियुक्ती शुरु गरेका सिंह २०७४ सालमा शान्ति समिति हुम्लाको संयोजकको जिम्मेवारी पाए ।

घरजमले बदिलीएको पार्टीको कित्ता

विद्यार्थी राजनीति शुरु गरेदेखि सिंह पार्टीको कट्र संस्थापन ९कोइराला० पक्षका रुपमा आफूलाई स्थापित गरेका थिए । विद्यार्थी राजनीतिमा सँधै कोएराला परिवारसँग नजिक रहेका सिंह एकताका पुर्वप्रधानमन्त्री एवम् पार्टी सभापपति गिरिजाप्रसाद कोइरालाको नजिकका पात्रका रुपमा समेत व्याख्या गरिन्थे । पछि कोइरालाकी छोरी सुजाता र भाई सुशिल सँग निकै निकट सम्बन्ध भएकै आधारमा विद्यार्थी राजनीतिलाई अघि बढाएका सिंहको पार्टी भित्रको कित्ता भने धेरै पछि मात्रै परिवर्तन भएको कांग्रेसजनहरु बताउँछन् ।

विद्यार्थी राजनीतिकै कारण लामो समय अविहित बनेका सिंह जिल्लाको सचिव पदको जिम्मेवारी सम्हाल्दा समेत वैवाहिक बन्धनमा बाँधिएका थिएनन् । पहिलो पटक जिल्लाको पार्टी सचिव हुने समयसम्म पार्टी भित्र तत्कालिन संस्थापन पक्ष ९कोइराला० मा आफूलाई उभ्याएका सिंहको कित्ता परिवर्तन भने निकै रोचक ढंगले भएको छ । लामो समयसम्म अविवाहित रहेको उनले केहि समय वर्ष अघि मात्रै जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पलगाउँकी शोभा शाहीसँग विवाह गरेपश्चात उनले पार्टी भित्रको कित्ता समेत परिवर्तन गर्नु प¥यो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेरबहादुर देउवाका निकै विश्वाश पात्र पुर्वमन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाहीको समेत समर्थनमा उनकै गाउँबाट विवाहगरेपछि उनको आन्तरिक राजनीतिको कित्ता युटर्न भएको उनसँग विद्यार्थी कालदेखि नैं राजनीति गरेका एक कांग्रेस नेताले बताए । आप्mनो नाम उल्लेख गर्न नमानेका ति नेताका अनुशार हुम्लाको आन्तरिक राजनीतिमा राम्रो पकड भएका शाहीकै गाउँबाट विवाह गरेपछि सिंह जि अनौठो तबरले देउवा कित्तामा लाग्नु भयो ।

पहिलो पटक कोइराला खेमाबाट पार्टी सचिव बनेका सिंह दोस्रो पटक देउवा पक्षका जीवन शाहीको आग्रहमा पार्टी सचिवकै भूमिकामा बस्न तयार भए’ ति नेताले भने ‘सातौ अधिवेशनबाट अहिले त्यहि ९देउवा० पक्षकै जिल्ला सभापति बनेका हुुन् ।’

चुनौतीमै सभापति चुनिदा

लामो समयदेखि मिति तोक्दै रोकिदैं आएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी आन्तरिक गुटमा फसेकै बेला अर्को पक्षको बिरोधकैं बीच कांग्रेसको जिल्ला सभापतिमा निर्वतमान सचिव सिंह सभापति बनेका छन् ।

प्रदेश निर्वाहचन क्षेत्र ९क० को निर्वाचन देखि शुरु भएको कांग्रेसको आन्तरिक विवादकै कारण वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइराला पक्षले औपचारिक रुपमा अधिवेशनका कार्यक्रम वरिष्कार गरिरकै वेला संस्थापन ९देउवा० पक्षले एकल रुपमा सभापति निर्वाचित भएको कुरा सार्वजनिक गरिएको बताएका कांग्रेसकर्मीका अनुसार पौडेल र कोइराला पक्षले सिंहको सट्टा सिमकोट गाउँपालिका–२ ठेहेका रामबहादुर भण्डारीलाई आप्mनो तर्फको पार्टी सभापति भन्दै समानान्तर कमिटि निर्माण गरेको खबर प्राप्त भएको छ ।

पार्टीको जिल्ला निर्वाचन अधिकृत, पार्टीको संस्थापन पक्षले आधिकारिता दिएपनि विपक्षीले हरेक क्षेत्रमा विवाद भैरहेका बेला सिंहको सभापतिको सत्तारोहण त्यति सहज र सुलभ देखिदैन् ।

प्रकाशित मितिः     १९ आश्विन २०७८, मंगलवार २१:२२  |