एमाले र माओवादी केन्द्रले अदानचुलीका बिद्यालयहरूमा प्रा क गठन


असोज २० बुधबार ,हुम्ला   हुुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउपालीकाका मा.बिहरुमा नेकपा एमालेको (अनेरास्ववीयु) र माओवादी केन्द्रको (अनेरास्ववीयु क्रान्तिकारी) ले आ-आफ्नो बिद्यालयमा प्रा क संगठन सुद्धिृढिकरण गरेका छन ।

असोज ११ गतेबाट नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन(अनेरास्ववीयु)हुम्लाले (अनेरास्ववीयु)हुम्लाका संयोज गणेश भण्डारी,अदानचुली गाउकमिटीका अध्यक्ष बुध भण्डारी (अनेरास्ववीयु)जिल्ला कार्यलय सचिव जयराज संज्यालको टोलीले अदानचुली गाउपालीकामा रहेका चार वोटा माबिमा बिद्यालय प्रारारम्भिक कमिटीको संगठन सुद्धिृढिकरण गरेको हो ।

११ गते ज्ञानोदय माबि,१२ गते सुर्याेदय माबि,१८ गते सल्लाघारी माबि र १९ गते कैलासपुरी माबिमा गएर बिधालय स्तरिय प्रारारम्भिक कमिटी गठन गरेको हो । उनिहरुको भनाई अनुसार यो प्रा क गठित समूहले बिद्यालयमा कुनै पनि अनियमितता,बिद्यालयको बाताबरण र बिद्यालय प्रशासनको गल्ति कमजोरी बिषय उठाएर (अनेरास्ववीयु) ले यसको प्रत्याभुती गर्ने बताउनुभएको छ ।


एमालले संगठन सुद्धिृढिकरण गर्न थाले पछि नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववीयु क्रान्तिकारी) ले पनि संगठन सुद्धिृढिकरण सम्पन्न गरेको । ११ गते एमाले निकट (अनेरास्ववीयु) ले २ वोटा माबिमा संगठन बिस्तार गरे पछि १५ गते माओवादी निकटका नेताहरु उक्त  गाउपालीका तिन वटा बिद्यालयमा एकै दिन र १७ गते एक बिधालयमा गरी चार वटै बिद्यालमा गएर संगठन बिस्तार गरेका छन ।

माओवादी निकट नेताहरुका अनुसार (अनेरास्ववीयु क्रान्तिकारी)अरू संगठन भन्दा बलियो भएको बताएका छन । (अनेरास्ववीयु क्रान्तिकारी)ले हरेक बिद्यालयमा संगठन सुद्धिृढिकरण पछि अवका दिनहरुमा कुनै बिधार्थीका हक हित र अधिकारहरु बिद्यालय प्रशासन आफैले उपलब्ध नगराए खोसेर ल्याउने अधिकार भएको बताए ।

तर सबै बिद्यालयमा संठन सुद्धिृढिकरण सम्पन्न गरे पनि अदानचुली गाउपालीकामा रहेका चार वटै माबिका बिधार्थीहरुले नबुजेर संगठनमा बसिरहेका छन । देश भरीका ११ कक्षा देखी माथि अध्यन हुने क्याम्पसमा भईरहने यो राजनितिक संगठन एकै चोटी दुर्गम गाउँहरुमा आएर संगठन सुद्धिृढिकरण हुँदा स्थानीय र बिधार्थी लगाएत बिधार्थीका अबिभावकहरु बिद्यालयमा राजनितिक रडाको मच्ने हाकी भन्ने चिन्ता गरेका छन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका नेता तथा राजनितिक दलहरु संगठन सुद्धिृढिकरणका लागि हरेक बिद्यालयमा जाँदा सुरुमा शुरुमा शिक्षकहरु बिवादीत भएका थिए । तर यो पार्टीको केन्द्रको बिधानमा समेटीए अनुसार हरेक माध्यामिक बिद्यालयका कक्षा ८ देखी कक्षा १० सम्मका बिधार्थीहरुलाई आ आफ्नो संगठनमा सामेल गराएका छन ।

संगठन भनेकाे फरक फरक हुँन्छन् तर यस क्षेत्रमा अध्यनरत बिधार्थीहरुले नबुझेर संगठनमा लागेको पाईएको छ । अघिल्लो दिन संगठन निर्माण गर्दा संगठित पदलाई बहिस्कार गर्दै पछिल्लो दिन अर्काे संगठनमा समेत बसको पाइएको छ ।

 

प्रकाशित मितिः     २० आश्विन २०७८, बुधबार ११:०७  |