कति दिन फोन गर्न डाँडामा जाने हो सरकार ?


असोज २०, हुम्ला।  हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकामा रहेकाे टावरले दैनिक १० घण्टा काम गर्न छाडे पछि सेवाग्राहीहरु डाँडाकाँडा धाउन बाध्य भएका छन । अदानचुली गाउँपालीकामा नेपाल टेलीकमले राखेका दुई वोटा टावरहरुले केहि दिन यता काम गर्न छाेडे पछि सेवाग्राहीहरु मर्कामा परेका छन् भने साेही गाउपालीका संगै जोडीएको मुगु जिल्लाको सोरु ३ भिईमा पनि टावर राखीएको छ तर पनि यहाँ नजिकै रहेका सबै टावरहरुले काम नगर्दा फोन गर्नकै लागि यहाँका स्थानीय बासीन्दाहरु हरेक दिन अग्लो डाँडामा जान बाध्य भएको यहाँका नागरीकहरु बताउँछन् ।

 केही महिना यता ३ वोटै नेपाल टलिकमका टावरले बिहान ८ बजे देखी साझ ६ बजे सम्म काम गर्न छाेडे पछि हजाराै नागरीकहरु मर्कामा परेका छन् ।
सुबिधा सम्पन्न सहरहरुमा अधेययन तथा बिभिन्न कामको सिलसिलामा गएका आफन्तहरुलाई फोन सम्पर्क गर्न पनि अग्ला डाडा र रुख हरु चढ्न बाध्य भएको अदानचुली २ का सुमन बुढाले बताए । उनले भने आफुले काठमाडाैमा पढ्न गएको साथि भाइ र आफन्तसँग फोन गर्न खोज्दा दिउसो १ बजे बाट फोन डाएल गर्दै राती ११ बजे फोन लाग्यो ४।छ मिनेट कुरा गरेर फर्किए ।

अघिल्लो बर्ष पनि यस्तै समस्या आउदा बिभिन्न निकाय बाट समाचार प्रसारण तथा प्रकासन भए पछि बिभिन्न बाहाना बनाउदै दुई महिना लगाएर सबै टावरहरु नेपाल टेलीकमले मर्मत गरे तर यस बर्ष भने नेपालटेलीमले कुनै ध्यान नदिएको अदानचुली २ को ढोगर्नामा राखिएको टावरका चाैकीदार नर बहादुर बोगटीले बताउनु भयो ।

चाैकीदार बोगटीका अनुसार माथिल्लो निकायमा सोध्दा टावरकै समस्या देखाउँछन् उनि भन्छन् यहाँको समस्या होइन समस्या केन्द्र र प्रदेश कार्यलयकै हो । यसरी हजारौको संख्यामा सेवाग्राही टेलीफोन बिहीन बनिरहदा कुनै समयमा सन्देश पुग्न नसक्दा धेरै सास्ती खेप्नु परेको अदानचुलीका नागरिकहरुले बताएका छन ।

हरेक वर्ष टावर बनाउँने भन्दै मर्मत टोली आउँछ तर बाहानामा सिमित देखीन्छ । उनि भन्छन् हामी बनाएर जान्छाै तर केहि दिनमा समस्या उस्तै देखीन्छ । यस किसिमको समस्यालाई समाधान गर्नको लागि यहाँका स्थानीय सरकारले पहल गरी रहेको बताउँछन् उनिहरु भन्छन् मुगु जिल्लाको सोरु गाउँपालिकाको सोरुमा फाेर जि को टावर बन्न लागेको छ भनेर टेलीकमले भनेको बताउँछन् तर यस किसिमको समस्या देखीएको करिब ४ वर्ष बिति सकेको छ न राम्रोसँग  भएका टावरले काम गरे न फोर जिको टावर नै बन्यो ।

प्रकाशित मितिः     २० आश्विन २०७८, बुधबार १५:५५  |