दशैको मुखमा पानीको मुहान घट्दा स्थानियलाइ सास्थी !


असोज २३ शनिबार ,हुम्ला । दशैको मुखमा पानीको मुहान घट्दा स्थानियले सास्थि खेप्नु परेको छ ।

हुम्लाको अदानचुली गाउपालीका श्रीनगरको धौला पानीको मुहानमा पानी घट्दा स्थानियलाई पानीको हाहाकार भएको छ । बिजया दशमीमा यस क्षेत्रका घरहरु लीपपोत गर्ने समयमा पानीको हाहाकार भएको अदानचुली २ का स्थानियले बताएका छन ।

स्थानियका अनुसार बर्षा याममा पानीको मुहान ठुलो हुने भएकाले श्रीनगरमा अहिले सम्म पानीको समस्या भएको थियन । तर अहिले हुउदो याम लागे पछी मुहानमा पानी घटेको बताएका छन । अदानचुली गाउपालीका २ र ३ वडा श्रीनगरमा करिव २ हजार ५ सय स्थानियलाई समस्या भएको हो । जसमा अदानचुली २ का केही बस्तीका नागरिकहरुलाई बढि समस्या परेको बताएका छन ।यो समयमा सबै चौपाय बस्तु पनि गाउमै हुने भएकाले संगै दशैको समयमा घर लीपपोत गर्न प्रयाप्त पानी चाहिने भएकाले धारामा पानी नहुदा आफन्त संगै हानथाप गरेर पानी थाप्नु पर्ने बाध्यता रहेको छ ।

यस क्षेत्रमा बर्षेनी हिउदो याममा पानीको हाहाकार हुने भएकोले बिभिन्न निकायबाट करोडौको बजेट आउँछ तर स्थानियले पटक पटक पानीको समस्यालाई दोहोरई रहनु पर्छ नत अहिले सम्म कुनै निकायले अनुगमन गरेका छन । नत स्थानियले पानी खान,यसको सम्बन्धीत निकायको चाडै ध्यान होस भनेर स्थानियले अलोचना गरिरहेका छन ।

प्रकाशित मितिः     २३ आश्विन २०७८, शनिबार १८:२१  |