असोज २३ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरको टोलीले एक थान भरुवा बन्दुक बरामत गरेको छ ।
आफ्नै कामको सिलसिलामा अदानचुली १ को लेख बस्तीमा जाने क्रममा एक जना पशु बस्तु हेर्ने मानिसले भरुवा बन्दुक छोडेर भागे पछि उक्त बन्दुक प्रहरी चौकीको टोलीले ल्याएको गल्फागाड प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताउनु भयो ।
प्रहरी सहायक निरिक्षक बुढाले भने आफुहरु खोजीमागएका होईनौ तर बाटोमा हिड्ने क्रममा बन्दुक बोकी रहेको अबस्थामा देखे पछि उ आफै बन्दुक फालेर भागेको हो । को मानिस रहेछ भनेर खोजी त गर्यौ तर भेटाउन सकेनौ त्यस पछि हामीले उक्त बन्दुक बोकेर ल्याएका हौँ ।
जंगलमा धेरै गाई बस्तुहरु धेरै मानिसहरु भएकाले पत्ता नलागेको बताउँदै उक्त नागरीक त्यतै आसपासको हुँन सक्ने बताउनु भयो ।
गाई बस्तु सँगै बन्दुक बोकेको अबस्थामा देखेको तर उसले हामीलाई देख्ने बित्तीकै भागे पछि उक्त बन्दुक बोकेर प्रहरी चौकी श्रीनगरमा ल्याएको बताए । यो सँगै पछिल्लो समय प्रहरी चौकीले २ वटा बन्दुक फेला पारी सकेको छ ।