साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत खेल्दै


हुम्ला । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आईतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुने साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबल प्रतियोगीतामा आज नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई सहज नहुने बताईएको छ । तर, सुरुवाती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । नेपालले यस अघी दुई खेलमा ६ अंक जोडेर शिर्स स्थानमा रहेको छ भने भारत दुई खेलमा ४ अंक जोडेर दास्रो स्थानमा रहेको छ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित मालदिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहेको छ । यस अघी नेपालमा भएको साफ च्याम्पियनसिप फुटबल २०१८ भने नेपालले जित हात पारेको थियो ।

तर यस क्षेत्रका नेपाली समर्थक दर्शकहरुले ईन्टरनेटको पहुँच नहुदा लाईभ हेर्न नसकिने बताएका छन ।

प्रकाशित मितिः     २४ आश्विन २०७८, आईतवार १९:०४  |