ताँजाकोटमा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा हस्तान्त्रण


असोज २४ हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालीकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आज हस्तान्त्रण गरिएको छ ।

कर्णाली प्रदेश सरकारको सहयोगमा निमार्ण भएको १ सय ५० घरहरु आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आएर हस्तान्त्रण गर्नु भएको हुम्लाको ताँजाकोट गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष प्रसान्त धमलालले बताउनु भएको छ । गएको वर्ष ताजाँजाकोट गाउँपालिकामा करिब ३ सय ८० घरहरु भत्काएको थियो । उक्त भत्कीएक घरहरु प्रदेश सरकारले निर्णय गर्ने प्रतिबद्धता दिए अनुसार यस आर्थिक वर्षमा १ सय ५० घरहरु बनाइ आज एक औपचारीक कार्यक्रम मार्फत हस्तान्त्रण गरीएकोे छ ।

घर हस्तान्त्रण कार्यक्रममा ताजाँकोट आएको हेलीकप्टर मार्फत आएका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बाँकी रहेका सबै घरहरु पनि यसै आर्थिक वर्षमा बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । घर हस्तान्त्रण कार्यक्रमलाइृ सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले ताँजाकोटको बिकासको लागि शिक्षा स्वास्थ्य खानेपानीलाई प्रथामिकता दिने,यसै बर्ष सबै गाउँहरुमा सडक पु्याउनको लागि यचित बजेको ब्यबस्था गर्ने,महीला सहकारीमा बजेटको ब्यबस्था गर्ने र छोरी खातालाई प्राथामिकता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

प्रति घर ५ लाखका दरले घर बनाउन दिएकोमा केहीले घर निमार्ण गरी सकेको र कसैको फिनिसिङ् गर्न बाँकी रहेकोले उक्त रकम सम्बन्धीत ब्यक्तिको खातामा आई सकेको र घर पुरा नगरुन्जेल सम्मको लागि सबै खाता गाउँपालिकाले रोक्का गरेको बताउँदै जसले घर सम्पन्न गर्छ उसैको खाता फुकुवा गर्ने पनि वडा अध्यक्ष धमलालले जानकारी दिनु भएको छ । पहिलो किस्ता २ लाख ५० हजार सबैले निकासा गरी घर बनाइ रहेकाले निमार्ण कार्य सम्पन्न गर्दा बित्तीकै सबैको रकम भुक्तानी गराउने बताउनु भएको छ ।

गाउँपालिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको बताउनु भएको छ । हस्तान्त्रण कार्यक्रम लगत्तै मुख्यमन्त्री शाही लगायत नेकपा माओबादी केन्द्रका जिल्ला इृन्चार्ज बिजय भण्डारी,गाउँपालिकाका अध्यक्ष बागदल मल्ल हेलीकप्टर मार्फत फर्कि सकेको पनि बताउनु भएको छ ।

पाटी जिल्ला अध्यक्ष लालकेश जैसी भने आफु बाँकी रहेका घरहरु बनाउनको लागि हरदम लागि रहने बताउनु भएको छ कर्णाली प्रदेश सरकारले १ सय ५० घरहरुको लागि करिब सात करोड ५० लाख बराबरको लगानिमा घर बनेको पनि बताउनु भएको छ ।

प्रकाशित मितिः     २४ आश्विन २०७८, आईतवार १९:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *