मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो !


मुगु ! दशै मनाउने आशा बोकेर ४० जना यात्रु बोकेको बस दर्घटना भएको छ । छिमेकी जिल्ला मुगुको छायाँनाथ रारा नगरपालीका ७ कोे पिना भन्ने गाउमा बस दुर्घटनामा भएको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४ पुगेको छ। दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टर ल्याएर जसमध्ये ३ जनाको हेलिकोप्टरबाट र १२ जनाको ताल्चा बिमानस्थल बाट हवाइजहाज मार्फत उद्दार गरी उपचारका लागि नेपालगञ्‍ज लगिएको छ। घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

४० जना यात्रु बोकेर नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको छ। पहाडको अप्ठ्यारो भिरालो बाटोमा टायर चिप्लीएका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी छ । बसमा सवार धेरै जना यात्रु घाइते रहेकाले मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः     २६ आश्विन २०७८, मंगलवार १७:००  |