बिहिबार,११ कार्तिक मोहनसिंह बुढा हुम्ला । नेकपा एमाले अदानचुली कमिटिको प्रथम अधिवेशनले ५ बुँदे घोषणा पत्र जारी गरेको छ । निकै लामो कसरत पश्चात हिजो सम्पन्न भएको अदानचुली गाउँ कमिटीको अधिबेशनले ७५ सदस्यीय गाउँ कमिटि गठन गर्दै आज बुधबार ५ बुँदे घोाणा पत्र जारी गरेको छ ।
नेकपा (एमाले) को विधानको २०४९ (प्रथम विधान महाधिवेशनको पहिलो संशोधन २०७८) को धारा ४१ को उपधारा २ अनुसार देश भरका ७५३ वटै स्थानीय तहको अधिवेशनको आयोजना भैरहेको अवस्थामा पार्टीका अग्रज व्यक्तित्व एवम् उत्पिडित जातीय मुक्ति समाजका पूर्व जिल्ला उपाध्यक्ष तथा पार्टीका पुर्व जिल्ला कमिटि सदस्य क. कर्णसिंह परियारको दुःखद निधन प्रति नेकपा एमाले अदानचुली गाउँपालिका कमिटि गहिरो दुःख ब्यक्त गर्दै शोक सन्तव्त परिवारजनमा यो अधिवेशन धैर्य धारण गर्ने शक्ति प्रदान गरोस भन्ने कामना व्यक्त गरेको छ यो सँगै बाढी पिडितलाई राहत तथा क्षेतीपुर्तिको लागि आग्रह गर्ने, अलोकतान्त्रीक प्रक्रिया बाट ल्याइएको अध्ययादेशका कारण एमालेबाट बेग्लीएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तलवितल नहुन आग्रह गर्दै एमालेलाई एकताबद्ध पार्टी निर्माणको महान अभियानमा एकाकार हुन यो अधिवेशन सबै नेता तथा कार्यकर्ताहरुलाई हार्दिह आब्हान गर्दै अधिबेशन सम्पन्न भएको अध्यक्ष मण्डलका सदस्य नबराज महताराले बताउनु भएको छ ।
अध्यक्ष मण्डलका सदस्य महताराका अनुसार नेपाल कम्युनिष्ट पार्टि ((एमाल)े को विधानको २०४९ (प्रथम विधान महाधिवेशनको पहिलो संशोधन २०७८) को धारा ४१ को उपधारा २ तथा वाड शाखा र पालिका इलाका निर्वाचन सम्बन्धि मार्गदर्शन २०७८ ले गरेको ब्यावस्था अनुसार मि २०७८ साल कार्तिक ९ र १० गते आयोजना गरेको अदानचुली गाउ कमिटीको प्रथम पालिका अबिधेशन बाटै घोषण पत्र जारी गरेको छ ।
१.नेकपा एमालेको देशभरका ७४३ स्थानिय तहमा भईरहेको अबिधेशनको आयोजनामा भैरहेको अबस्थामा नेकपा एमलेका अग्रज ब्यात्ती उत्पिडीत जातीय मुत्ती समाजका पुर्व जिल्ला उपाअध्यक्ष तथा पार्टीका पुर्व जिल्ला कमिटी सदस्य कर्णसिंह दमाईको निधन प्रति नेकपा एमाले अदानचुली गाउ कमिटीले गहिरो दुख ब्यत्त गरि सकाकुल परियारमा यो अबिधेशनले धैरे धारण गर्ने शत्ती प्रदान होस भनी कामना गरेको छ ।
२.गत १ गते दखी परेको अबिरल बर्षाका कारण बाढी पहिरोबाट अदानचुली गाउपालिकाका अधिकांश क्षेत्रमा क्षेती भएका कारण क्षतीको बास्तबिकतालाई स्थलगत अनुगमन गर्न र बाढी पटित नागरीकहरुलाई राहत तथा क्षेतीको बिबरण हेरी क्षतीपुर्ति प्रदान गर्न अदानचुली गाउपालिका,कर्णाली प्रदेश सरकार र संघिय सरकार समक्ष अपिल गर्ने बताएको छ ।
३.नेकपा एमालेको मुल नारा जनताको बहुदलीय जनबादको मर्म अनुरुप समृद्ध नेपाल सुखि नेपालीको दिर्घकालीन रुपमा साथ दिन तिनै तहमा नेकपा एमालेको निती नेतृत्व प्रती त्रसित प्रतिक्रियावादी देश बिदेशी शत्तीह
रुका कारण पार्टीको अबस्था तलबितल नपार्न आग्रह गर्दै एमालेलाई एकबद्धता बनाउन कार्यक्रतालाई आग्रह गरेको छ ।
४.नेपालको संबिधान २०७२ को ब्याबस्था अनुसार २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचन अनुसार समृद्ध नेपाल सुखि अदानचुलीबासी निमार्ण गर्ने अभियानको नेतृत् वगर्न अदानचुली गाउपालिकाका सम्पुर्ण एमालेका राजनितिक दलहरुलाई आग्रह गरेको छ ।
५.पालिका स्तरिय अबिधेशनमा खटिएका सम्पुर्ण पार्टीका राजनितीक दल,पत्रकार,सुरक्षाकर्मी,नेकपा एमालेका केन्द्रिय सदस्य,प्रदेश कमिटी सदस्य,गाउकमिटी सदस्य,वडा कमिटी सदस्य हरुलाई धन्यवाद दिएको छ ।
यस्तो छ घोषण पत्र—