बुधबार कार्तिक १० हुम्ला । हुम्लामा नेपाल कम्युनिष्ट पार्टि एमालेको प्रथम बिधान महादिबेशन पछिको पहिलो गाउँपालिका स्तरीय अधिबेशन सम्पन्न गरेको छ ।
गाउँ कमिटिका अध्यक्ष बुध भण्डारीको अध्यक्षतामा तथा नेकपा एमाले किषान महाँसंघका केन्द्रयि सदस्य तथा कर्णाली प्रदेश कमिटिका संयोजक कल बहादुर हमालको प्रमुख आतिथ्यमा तथा कर्णाली प्रदेश कमिटिका सदस्य धन्जेपरियारको बिषय आतिथ्यमा सम्पन्न उद्ध्घाटन सत्रमा नेपाली कंग्रेश र नेकपा माओबादी केन्द्रका प्रतिनिधिहरु समेत उपस्थित भएका थिए ।
हिजो मात्र उद्धघाटन भएको नेकपा एमाले अदानचुली गाउ कमिटीको बन्द सत्र आज सम्पन्न भएको छ । बुध भण्डारीको अध्यक्षतामा ७५ सदस्यिय गाउ कमिटी सर्बसहमतीका आधारमा चयन गरिएको छ । यस्तै उपाअध्यक्षमा राम बहादुर बुढा,सचिव धर्मराज संञ्याल,उपसचिव कर्ण महतारा र बल बहादुर शाही कार्यलय सचिव पुस्कर रोकाया,भुगोल बाट एक वडा बाट नौ नौ जना,६ जना वडा कमिटीका अध्यक्ष पदेन सदस्य सहित अन्य मनोनित भएका छन ।
गाउ कमिटी अध्यक्षका प्रत्यासी दुई जना बुध भण्डारी र नन्द महतारा मध्य नन्द महताराले निकै लामो कसरत पछि हार्दिकताका साथ सुहिकार गरेर बुध भण्डारी अध्यक्षमा सर्बसहमत चयन भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको ६ वटा गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भएको छ । जिल्लाको सिमकोट गाउँपालिकामा चिन रावतको नेतृत्वमा ७५ कमिटी गठन गरिएको छ,नाम्खा गाउपालिकामा सहित, खार्पुनाथ, अदानचुली, सर्केगाड र ताँजकोट गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यस्तै जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका बाहेक अन्य ६ वटा गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सर्वसहमतिका आधारमा पालिका अधिवेशन सम्पन्न भएको नेकपा एमाले हुम्लाले जानकारी दिएको छ ।