कर्तिक ७ आईतबार ,हुम्ला । हुम्लाको अदानचुली गाउपालिकाका बालबालिकालाई भिटामिन (ए) र जुकाकोे औषधि खुवान सुरु गरिएको छ ।
अदानचुली गाउपालिकामा रहेका ६ वटा वडा र साबिका दुई गाबिसका १८ वडामा १८ जना पुराना महिला स्वास्थ्य स्यम सेबिका बाट ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको श्रीनगर स्वास्थ्य चौकीका अहेब अशोक महताराले बताउनु भएको छ । आज खान छुटेका बालबालिकाहरुलाई लाई भोलि खुवाउन सकिने बताउनु भयो ।
अदानचुली स्वास्थ्य शाखाले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएकोमा यस वर्ष त्यो मितिमा दशैं परेकाले कात्तिक ७ र ८ गते नयाँ महिला स्वास्थ्य स्वम सेबिका नियुत्त नभएका कारणले बिदाई गरेका पुराना महिला स्वास्थ्य स्वयम सेबिका बाट खुवाउन सुरु गरिएकोे अहेब महताराले बताउनु भएको छ ।
यसअघि पहिलो चरणमा बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो । ६ महीनादेखि ५९ महीनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जुकाको औषधि २०५६ सादेखि खुवाउन थालिएको हो भने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि अदानचुली गाउपालिका भरिका १८ वटै महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको अहेब महताराले बताउनु भएके छ ।