सडक अबरुद्ध हुदा अदानचुलीका बिधार्थी गाउमै बस्न बाध्य बजारमा पनि महंगी बढ्यो


कार्तिक १२ शुक्रबार हुम्ला । हुम्ला बाट बाहीर जाने ठाउ ठाउमा सडक अबरुद्ध हुदा अदानचुलीका बिधार्थी नागारिक गाउमै बस्न बाध्य भएका छन । कार्तिक १ गते देखि तिन गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली करिडोर लगाएत अन्य राष्ट्रिय सडकहरु अबरुद्ध बनाए पछि काठमान्डौ,नेपालगंज ,सुर्खेत लगायतका सहरी क्षेत्रमा अध्यन गरि रहेका र रोजगारीकोे लागी सहरी क्षेत्रमा कार्यरत अदानचुली गाउपालिकाका सयौ बिधार्थी तथा नागरिक हरुलाई यतिबाल आफ्नो कार्यक्षेत्रमा जान समस्या भएको छ ।

बिभिन्न ठाउमा सडक अबरुद्ध हुदा कुनै पनि सवारी साधनका यातायातहरु संचालनमा नआए पछि स्थानिय नागरिकहरुलाई समस्या भएको अदानचुलीका अधिकांश नागरिकहरुले बताएका छन । हुम्लाको एक मात्र बिमानस्थल रहेको सदरमुकाम जान २ दिन लाग्ने र बाजुराको कोल्टी सम्म जान पनि २ दिने लाग्ने भएकोले थप समस्या बनाएको छ ।सडक अबरुद्ध भएपछि बजारमा समेत नया सामान नभित्रीदा महगीं समेत बढ्न थालेको अदानचुली ४ का एक स्थानियले नाम नबताउने सर्तम बताएका छन ।उहाका अनुसार आफु श्रीनगरमा आएको बेला घर जाने बाटो लामो भए पछि बिच बाटोमा भोक लाग्छ भनेर २० रुपैया पर्ने वाईवाई चाउचाउ किन्दा ४० रुपैया हालेको बताउनु भएको छ ।

यस गाउपालिकामा बजार ब्याबस्थापन समिती गठन गरे पनि यस क्षेत्रका नागरिकहरु ठगीन बाट बच्ने बाटो हुन्थ्यो । नत बजार ब्याबस्थापन नै गठित छ नत गाउपालिकाले कनै बस्तुको मुल्य निर्धारण गरेको छ । यसरी सबै कुरामा लापरवाही गरिरहदा ब्यानबसायी बाट स्थायि सधै ठगिने बाटो देखिएको छ ।

प्रकाशित मितिः     १२ कार्तिक २०७८, शुक्रबार १८:२२  |