१५ कार्तिक हुम्ला । ग्रामिण भेगको सास्ती काम नगरे दाम हुदैन,दाम नभए दीनचर्य चलाउन मुस्कील हुन्छ । यस्तै बेथाले भरीयका बेरोजगार नागरीक कामको खोजीमा हुन्छन । उनीहरुको त्यस्तो समस्याले जीवनमा सास्ती खेप्नु परेको छ । यो विषय भन्दा फरक छैन अदानचुली दुईका नवराज बुढाको भोगाई
,घरखर्च चलाउने आसले सडकको काममा जुटेका नवराज एक्काईस महिना अघि टाउकोमा ढुंगा लागेर घाईते भए । टाउकाको गहिरो चोट र एक आँखा समेत गुमाएकाु बुढाले जनतन एक्काईस महिना कटाए । पिडाको घाउ सेलाएको महसुस नगर्दैै शनिबार दिउसो २ बजेको समय बाट बेहोस रहेको उनका आफन्त विनोद बुढाले बताए । उनले भने आफु पनि स्वास्थ्यकर्मी भएकोले सुरुमा चेगजाँच गरीयो तर यता सम्भव रहेन । उमेरले ३० वर्ष पनि ननाघेका बुढाको उपचारका लागी हुम्ला बाट जीप मार्फत बाजुरा हुदै हवाईमार्ग बाट नेपालगञ्ज भएर कोहलपुर अस्पतालमा आईसियुमा राखेको बताए । अहिले समम पनि होस आउन सकेको छैन ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोरको सडक खन्ने क्रममा २५ माघमा बुढा गम्भिर घाईते भएका थिए । हुम्ला जिल्लाको तल्लो भेगमा रहेको तिर्थासैन भन्ने ठाउँ नजिकै काम गरी रहेको अबस्थामा माथिबाट ढुंगा खस्दा उनि घाईते भएका थिए । काम गरी रहेको समयमा अकस्मात माथिबाट ढुंगा खस्दा गम्बीर घाईते भएका बुढालाई नेपाली सेना कोयातायात मार्फत कोहलपुरको दशबिघा अस्पतालमा भएको सफल उपचार पछि घर फर्काईएको थीयो । ढुंगाले टाउँकोमा गहिरो चोट पर्दा आँखा र टाउकोबाट रगत बगेर कम्जोर बने । उनकोे घरमा आफैले पारीवारीक समस्याको जिम्बेवारी बहन गर्नु पर्ने भएकोले पनि पहिलेको घाउ बल्झीएको हुन सक्ने उनका छिमेकीले अनुमान लगाए । उनको घरमा श्रीमती र दश वर्ष मुनीका छोरा छोरी छन । बेहोसमै आईसियुमै मृत्युसग लडीरहेका बुढा लाई उपचारका लागी पनि धर्म सँकट परेको छ ।