प्रकास बोगटीको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबीयु अदानचुली गाउ कमिटी गठन


१६ कार्तिक मंगलबार हुम्ला । नेकपा एमालेको भात्री संगठन अनेरास्वीयुको अदानचुली गाउँपलिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

अनेरास्वबीयु अदानचुली गाउँ कमिटि संयोजक राज बहादुर पार्कीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय सल्लाह परिषदका केन्द्रीय सदस्य राम बहादुर दानीको प्रमुख आतिथ्यतामा र अनेरास्वीयु केन्द्रय सचिवालय सदस्य हिकमतजंग खड्का र नेकपा एमाले किषन महासंघका केन्द्रीय सदस्य कल बहादुर हमालको बिषेस आतिथ्यमा आज अदानभुली गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

भर्खरै सम्पन्न अदानचुली गाउँ कमिटिको प्रथम अधिबेशनबाट सर्बसम्मत चयन भएका पदाधीकारीलाई बधाई तथा शुभकामना कार्यक्रम सँगै बिद्यार्थीको संगठन अनेरास्वीयुको अधिबेशन समेत सम्पन्न गरेको छ ।

यस अघि राज बहादुर पार्की संयोजक रहेको उक्त संगठनले प्रकास बोगटीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको केन्द्रीय सचिवालय सदस्य हिक्मत जंग खड्काले जानकारी दिनु भएको छ ।

अनेरास्वबीयुको बिधान अनुसार अध्यक्षमा प्रकास बोगटी,उपाध्यक्षमा प्रतिभा शाही,थाईकौरा भण्डारी र दिपेन धामी चयन भएका छन् यसैगरी सचिबमा दिनेश पाण्डेय चयन भएका छन् भने सहसचिबमा सुनिता बोगटी,अशोक बुढा,रमिता भियाल र पदम जैसी चयन भएका छ भने कोषाध्यक्षमा सरस्वती दानी चयन भएको बताउनु भएको छ ।

प्रकाशित मितिः     १६ कार्तिक २०७८, मंगलवार ०८:०६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *