हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १५ घरधुरी खानेपानिको संकटमा ।


मंसिर १ देबराज मल्ल, बाजुरा । हुम्ला जिल्लाको नजिकै रहेको बाजुराको हीमाली गाउँपालिका ४ बोर्ताका करिव १ सय १५ घरधुरी खानेपानिको समस्या झेलीरहेका छन । कार्तिक १ गते देखी ५ गते सम्म परेको बेमौसमीअविरल वर्षाले खानेपानिके मुहान भत्काएपछि वडा नं ४ बोर्ताका स्थानिय खानेपानि वाट बञ्चित बनेका छन ।

बोर्ता गाउँ भन्दा ४ किलोमिटर टाढा रहेको पानिको मुहान वर्षाले भत्काएपछि अहिले गाउँमा पानिको हाहाकार भएको छ । मुहान सम्म पुगेर खानेपानि मर्मत गर्नका लागि वाटो नै अवरुद्ध भएको स्थानियले बताएका छन । साथै मुहान वाट लयाएको पाईप लाईन समेत वाढिले बगाएको छ ।

वर्षाले कुवामा भरिएको फोहोर पानि पीउन बाध्य भएको स्थानिय बाचु भण्डारीले बताउनु भयो । पाखो जमिन बगेकाले हिड्ने गोरेटो वाटे समेत भत्किएको र हिडडुल गर्न निकै समस्या रहेको उहाँले बताउनु भयो । आफ्नो घर बाढिले बगाएपछि छिमेकीको घरमा सहारा लिएर बसेको र गाउँपालिकाले दिएको राहात एक कट्ठा चामल र एक पालले आफ्नो क्षति त के घाउमा मलम लगाउने सम्म पनि नपुगेको उहाँको भनाई छ ।

वर्षाले घर भत्किएपछि आफु विचल्लीमा परेको र त्यसमाथि गाउँमा पानिको हाहाकार हुँदा पनि स्थानिय सरकार मौन वसेको भन्दै उहाँले तत्काल राहत र पानिको ब्यबस्थ ागर्न आग्रह गर्नुभएको छ । बाचुको श्रीमान पनि छैनन् । भएको घर पनि वाढिले बगाएपछि विहान वेलुका छाक टार्न निकै मुस्किल हुने गरेको उहाँले बताउनु भयो ।

प्रकाशित मितिः     १ मंसिर २०७८, बुधबार १२:०६  |