नेकपा माओवादी केन्दले हुम्लाका ४४ वटै वडामा वडा अबिधेशन सम्पन्न सर्बसहमतिमा चयन


मंसिर ४ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बिधान अनुसार आज देशभरका ४ हजार ६ सय ४३ वडाको अबिधेशन एकै दिन सम्पन्न गर्ने निर्णय अनुसार हुम्लाका ४४ वटै वडामा वडा अबिधेशन सम्पन्न भएके छ ।

आज अदानचुली गाउपालिकाका ६ वटै वडामा सर्ब सहमतिबाट नया नेतृत्व चयन गरिएको छ ।

हिजो मात्र अदानचुली गाउ कमिटीको बैठक बसेर गरेको निर्णयले आज सर्बसहमतिमा नया नेतृत्व चयन गरिएको छ ।

जसमा अदानचुली १ को कल्खेमा नया नेतृत्व चयन गरिएको छ । जसमा बुद्धी महतार (महेश) अध्यक्ष,कृष्ण लुवार उपाअध्यक्ष,मुन बहादुर थापा सचिव गरी २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमिता धामी थापाले जानकारी दिनु भएको छ ।

यस्तै अदानचुली २ मा छक्क बुढा अध्यक्ष,रिमिलाल बुढा सचिव,धौला महतारा उपाअध्यक्ष रहने गरि २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत आशा बुढाले जानकारी दिनु भएको छ ।

यस्तै अदानचुली ३ मा धन बहादुर बिष्ट अध्यक्ष,ऐवाने फडेरा उपाअध्यक्ष,नरेन्द्र परियार सचिव सहित २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएका छन भने पुरनो नेतृृत्वलाई पुर्णता दिईएको छ ।

यस्तै अदानचुली ४ मा बिरेन्द्र सुनार अध्यक्ष,छबिलाल थापा सचिव रहने गरि २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएका छन ।

यस्तै अदानचुली ५ मा भने लाल बहादुर ऐडी अध्यक्ष,बुम बहादुर छत्याल उपाअध्यक्ष,भत्त टमटा सचिव रहने गरी २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको निर्वाचन संयोजक धर्मेन्द्र थापाले जानकारी दिनु भएको छ ।

यस्तै अदानचुली ५ मा भने नरिदिप शाही अध्यक्ष,रामलाल टमटा उपाअध्यक्ष,धनरुप बुढा सचिव रहने गरि २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको निर्वाचन संयोजक दलु बुढाले जानकारी दिनुभएको छ ।

यसैबिच सोरु गाउपालिका वडा नम्बर ३ भिईमा पनि वडा अबिधेशन सम्पन्न भएको छ । जसमा पुन्न धामी अध्यक्ष,जय सेजुवाल उपाअध्यक्ष,बिक्रम बुढा सचिव रहने गरी २९ सदस्यिय वडा कमिटी निर्बिरोध निर्वाचित भएको निर्वाचन संयोजक कर्क बुढाले जानकारी दिनुभएको छ भने आज मात्रै अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा ३ जनाले प्रबेश गरेका छन ।

प्रकाशित मितिः     ५ मंसिर २०७८, आईतवार ०८:१०  |