नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालन


मंसिर ७ मंगलबार हुम्ला । नेपाल टेलीकमको टावर मर्मत पछि संञ्चालनमा आउदा स्थानिय खुसी भएका छन । झण्डै ७ महिना पहिले बाट खराबि आएको नेपाल टेलीकमले साबिकको श्रीनगर गाबिसका लागि काम गर्दै आएको थियो ।

अदानचुली २ को ढोगर्नामा राखिएको टावर ४ दिन लगाए मर्मत गरिएको छ । रेडियो श्रीनगरले पटक पटक समाचार प्रसारण र प्रकाशन गर्न थाले पछि ध्यानाकषण हुदा टावरहरु मर्मत गर्न थालीयको हो ।

हुम्ला जिल्लाको नाम्खा बाट टेलीकमका टावहरु मर्मत गर्दै चार दिन अगाडी देखि अदानचुलीमा पुगेको टेक्नीसीयनको टोलीले मदानडाडामा रहेको टावरमा पनि मर्मत गरेको छ ।

ग्रामिण क्षेत्रमा कहिले पावर हुदैन त कहिलै अनेक समस्या त्यस्तै अदानचुली २ राखिएको नेपाल टेलीकमको टावर प्रति सेकेन्ड १७ जनालाई सेवा टावरमा केही महिना यता खराबि निस्किएको थियो ।

जिल्ला बाट आएको एत्त ४ जनाको टालीले शुक्रबार बाट मर्मत कार्य सुरु गरेको थियो भने सोही दिन बाट पावरमा समस्या आएको बताईएको थियो । मेसिनहरु चेक गर्दा सबै राम्रै रहे पनि पावर खपतका लागि मुख्य रुपमा काम गर्ने ईन्भटनै खराब भएको हुनाले नेपालगंज बाट नया मेसीन आएर संञ्चानमा आएको एक ईन्जिनीयरल बताए उनका अनुसार पहिलो दुई वटा पारव सिस्टमामा जडान गरिएको सोलार पाता अहिले एम,पि,बि,एस नामक ठुलो मेसिन आउदा दुबै सिस्टमा लाई एउटै सिस्टम बनाएर संञ्चालनमा आएको बताएका छन ।

यहाका मानिसले हो कि अटोेमेटीक सिस्टमले हो आउट टावर वायरको सुईचनै अफ गरिएको भए पनि अहिले आफुले सबै सिस्टम मिलाएर संञ्चालनमा ल्याएको बताएका छन । उनका अनुसार अब दिनमा पनि डाटा चलाउन सकिने भएको बताउनु भएको छ ।

यस भन्दा अघि अदानचुली गाउपालिकाको क्षेत्र श्रीनगरको बजार मोबाईल हेर्दा सेवा उपलब्ध नभएको देखाउने ठाउमा अहिले नमस्ते देखाउन थालेको छ । पहिले मोवाईल्मा टावर नदेखाए पछि स्थानिय अग्ला डाडा काडा धाउनु पर्ने बाध्यता केही दिनका लागि हटेको महसुस भएको छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७८, मंगलवार ०७:४६  |