सिमीकोटमा भएको अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा अदानचुली २ को विजयी सुरुवात


मंसिर ७ मंगलबार हुम्ला । अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सीमीकोटमा सुरु भएको छ ।विभिन्न गाउपालीकामा समेत जिल्ला स्थरीय भन्दै प्रतीयोगीता सम्पन्न गरेसगै सदरमुखकाममा पनि अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता भएको छ ।

कोरोना भाईरस कोभिड १९का कारण अघिल्लो वर्षहरुमा प्रतियोगिता सञ्चालन नभए पनि कोभिड सामान्य रहेसगै लगडाउन खुल्ला हुदा सबैतीर भेला गोष्ठी र प्रतीयोगीताको बाटो खुलेको छ ।

यस अघि पनि विभिन्न मेला पर्वको अवसरमा प्रतीयोगीता भए भने शनिबार बाट योङ स्टार क्लबको आयोजनामा गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष रबिन कुमार बस्नेतले बताउनु भयो ।

उनका अनुसार आज भएको भलिवल प्रतियोगितामा अदानचुली २ ले विजयी सुरुवात गरेको छ । चँखेल्नी र अदानचुली २ बिच भएको खेलमा सोजो सेटले अदानचुली २ विजय भएको सिमीकोट बाट कबिराज बुढाले जानकारी दीनु भएको छ ।

प्रतियोगितामा सिमकोट बाट एक, खार्पुनाथ बाट दुई, सर्केगार्डबाट तीन, चंखेलीबाट एक र अदानचुली गाउँपालिका एक वटा टिम गरि आठ वटा टिम पुरुषतर्फ सहभागिता रहेको छ । नाम्खा र ताँजाकोट गाउँपालिकाको भने सहभागिता रहेको छैन ।

पुरुष तर्फ बिजेता टिमले २ लाख नगद रुपियाँ र ट्रफी पाउने छन् भने उपबिजेता टिमले १ लाख रुपैयँ पाउने भएका छन् ।

प्रकाशित मितिः     ७ मंसिर २०७८, मंगलवार ०७:५३  |