लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी गर्दै


हुम्ला। जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीका लागि हिल्सामा रहेको खाद्यान्न ढुवानी हुने भएको छ । लिमीमा खाद्यान्न समस्या देखिएपछि गृह मन्त्रालयको पहलमा खाद्यान्न ढुवानी हुने भएको हो । सेनाको हेलिकप्टरबाट मङ्सिर १० गते ढुवानी हुनेछ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले लिमीका लागि गृह मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न परिपत्र गरेको बताए ।

तत्कालका लागि हिल्सामा रहेको ४६० क्विन्टल मैदा र चामल पठाउन सकिने जानकारी गृह मन्त्रालयलाई दिएको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको उनले बताए । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तत्कालका लागि हिल्सामा रहेको खाद्यान्न लिमीका लागि हेलिकप्टरबाट ढुवानी भए समस्या समाधान हुने बताए ।

प्रकाशित मितिः     ९ मंसिर २०७८, बिहीबार १८:१६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *