सिमकोटमै किन थन्कियो तारा एयरको जहाज ?


दाने बोहरा

आइतवार, पुष ४ हुम्ला। विमानको पखेटाबाट फ्युल चुहिएपछि तारा एयरको जहाज सिमकोट विमानस्थलमै थन्किएको छ

शनिबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गरेको तारा एयरको ट्वीनटर जहाज त्यसयता सिमकोटमै थन्किएको छ।

जहाजमा प्राविधिक समस्या आउँदा मर्मत हुन नसकेपछि जहाज सिमकोट विमानस्थलमै थन्किएको हो। सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले तारा एयरको जहाज शनिबार सिमकोट विमानस्थलमा अवतरण गरिसकेपछि पखेटामा इन्धन चुहिने समस्या आउँदा विमानस्थलमै रोकिएको जानकारी दिए।

उक्त जहाजले नेपालगंजबाट कार्गो उडान भरेको थियो। त्यसको मर्मतका लागि सामान नेपालगंजबाट ल्याउनु पर्ने भए पनि त्यसपछि अन्य उडान हुन नसकेपछि जहाज सिमकोटमै थन्किएको हो।

आइतबार बिहानैबाट हावाहुरी चलेका कारण कुनै पनि उडान हुन नसकेको बताउँदै उनले मर्मतका लागि सामाग्री नआएको कारण जहाज रोकिनु परेको बताए। उडान भर्न नमिल्ने भएपछि उक्त विमानलाई एप्रोनमा राखिएको छ।

राजन रावत

प्रकाशित मितिः     ४ पुष २०७८, आईतवार १८:०२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *