अझै भेटिएनन् चन्द्रे कामी,बुवा र छोरीलाई प्रहरीको नियन्त्रण थप अनुसन्धान हुदै


पुस ५, २०७८,सोमबार हुम्ला । माथिल्लो जातकी युवती संग विवाह गरेकै कारण हुम्ला सर्केगाड १ जैरका एक जना युवाक पाँच दिनदेखि अझै बेपत्ता पारीएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्धारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरि व्यपत्ता गरेका छन् । बुधवार राती घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै उनीहरूलाई बेपत्ता पारेका हुन् ।

घट्नाका विषयमा प्रहरीलाई जानकारी आए पछि लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा टोली र मुगु जिल्लाबाट प्रहरी टोली घटना स्थलमा पुगीसकेको प्रमुख जिल्ला अधिकारी गणेश आचर्याले बताउनु भयो । प्रजिअ आचर्याका अनुसार बेपता युवक कामी र युवती मल्ल पक्षका दुवै संग बुझने र आवश्यक अनुसुन्धान भईरहेकोले केटी पक्षको बुवा लाई प्रहरीले अनुसुन्धानको लागि नियन्त्रण लिएको बताएका छन ।

सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले युवा पक्षी कामीलाई निर्घात कुटपिट गर्नुका साथै घरमा तोडफोड गरेको बुवा धन्जय कामीले बताए हुन ।

सुन्तली मल्ल भने आफनै घरमा भेटिएको युवक चन्दे कामी लाई अझै भेटाउन सकिएको छैन् खोजी कार्य तीब्र पारीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।

गएको मङ्सिर महिनाको ५ गते मल्लको घरबाटै भागी विवाह गरेर युवकले आफ्नो घरमा ल्याएको युवती पक्षका करीब २० जनाको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको सर्केगाढ गाउँपालिकका वडानं १ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।

चन्द्रको कथा
मुगुस्थित एक होटलमा काम गर्दा चन्द्रेको भेट तीन वर्षअघि सुन्तलीसँग भएको थियो । त्यस बेलादेखि नै उनीहरू प्रेम सम्बन्धमा रहेको केटा पक्षको भनाइ छ । मंसिर लागेपछि दुवै जनाले सहमतिमै बिहे गरेका थिए ।

लुकेर बसेकै बेला चन्द्रेले आफ्नो घर रहेको सर्केगाड गाउँपालिका(१ का वडा अध्यक्ष गोकुल बुढालाई फोन गरेर विवाह दर्ता गरिदिन आग्रह गरे । वडा अध्यक्षले २० वर्ष मुनिको विवाह दर्ता नहुने जवाफ दिए । अनि, २४ मंसिरमा सुन्तलीलाई लिएर चन्द्रे जैर स्थित आफ्नो घर फर्केका थिए ।

परिवारका काइँला छोरा चन्द्रेका बुबा आमा सहित तीन दाइ, भाइजूहरू र एक भाइ छन् । नातामा चन्द्रेका दाइ गगन लोहारका अनुसार, गत बुधबार मध्यरातमा २० जनाको समूह एकाएक जैर पस्यो । उनीहरूमध्ये केही चन्द्रेको घरभित्र छिरे भने कसैले छिमेकीको घरबाहिरका ढोका लगाइदिए ।

चन्द्रेको परिवारका अन्य सदस्य सुतेको कोठाको ढोका पनि बन्द गरिदिए । र, उनीहरूले चन्द्रे र सुन्तलीलाई घरबाट लिएर गए । ‘चन्द्रेलाई लैजानुअघि उनीहरूले कुटपिट गरेका थिए । मैले राति नै प्रहरीलाई खबर गरेँ । यसरी पूरै गाउँमा ताला लगाएर चन्द्रेलाई लगेका थिए’, गगनले टेलिफोनमा भने ।

होहल्ला सुनेपछि ढोका तोडेर बाहिर निस्केका एक छिमेकीको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष गोकुल बुढाले रेडियो श्रीनगरलाई भने, ‘परबाट हेर्दा चन्द्रेका दुवै हात बाँधिएको थियो । ऊ नाङ्गै थियो ।’

तर, भोलिपल्ट घरभन्दा करिब दुईरतीन सय मिटरको दूरीमा चन्द्रेको गन्जी मात्र भेटिएको उनले बताए । उनका अनुसार पाँच दिन हुँदासम्म चन्द्रे बेपत्ता छन् । अन्तर्जातीय विवाह गरेकै कारण घटना भएको बुढाले बताए । ‘यो घटनाले हामी अत्यन्तै दुःखी छौँ । चन्द्रे कहाँ, कुन अवस्थामा छन्, कुनै जानकारी छैन । परिवारका सदस्य असाध्यै चिन्तामा छन् । आत्तिएका छन्’, उनले सुनाए ।

युवतीले भनिन्, ‘मलाई मात्र ल्याएको हो’

चन्द्रेको खोजीमा अहिले हुम्ला र मुगुबाट प्रहरी टोली परिचालित छ । हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्मासहितको टोली लिब्रुतिर लागेको छ, जहाँ पहिल्यैदेखि जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले खोजबिन गरिरहेको छ ।

मुगुका प्रहरी प्रमुख डीएसपी सुवास हमालका अनुसार सुन्तली माइतमै भेटिएकी छन् । तर, उनका बुबा वीरबहादुर मल्लचाहिँ सम्पर्कमा छैनन् । गत शुक्रबार सुन्तलीसँग सोधपुछ गर्दा बुधबार आफूलाई मात्र जबर्जस्ती ल्याइएको बताएको हमालको भनाइ रहेको छ ।

‘सुन्तलीले पनि चन्द्रेको अवस्थाबारे अनभिज्ञता प्रकट गरेकी छन् । उनका बुबालाई हामी खोजिरहेका छौँ’, डीएसपी हमालले रेडियोसँग भने, ‘चन्द्रेलाई खोज्न हामीले सइसा’पको नेतृत्वमा टोली खटाएका छौँ । यता ९हुम्ला० बाट असइसा’पको टोली छ । डीएसपीसा’प सम्भवतः आजै आइपुग्नुहुन्छ ।’

उता लिब्रुबाट सुन्तलीका बुबा वीरबहादुरसहित १३ जनाको टोली जैर पुगेको उनले पुष्टि गरे । तर, अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । उनीहरू सबै फरार रहेको प्रहरीको दाबी छ ।

चन्द्रेका बुबा धनञ्जय लोहारले मध्यरातमा आफ्नो छोराबुहारीलाई जबर्जस्ती लगिएको बताए । ‘छरछिमेकीलाई समेत घरमा थुनेर छोरालाई लगे, केटी माइतमै भेटिएको सुन्यौँ । तर हाम्रो छोरा कहाँ छ, कुन अवस्थामा छ, अत्तोपत्तो छैन’, धनञ्जयलाई उद्धृत गर्दै वडाध्यक्ष बुढाले भने ।

जैर गाउँ विकट छ । गगन लोहारका अनुसार, कतैकतै अग्लो डाँडामा पुग्दा मात्र फोनले नेटवर्क टिप्छ । यो गाउँमा दलित समुदायको बसोबास छ ।

अधिकारकर्मी हीरा बिजुली यो घटनालाई प्रहरीले गम्भीर ढंगले नलिएको बताउँछन् । ‘प्रहरी टोली कति खटाइयो भन्दा पनि प्रहरीले यो घटनामा कसरी अनुसन्धान गरिरहेको छ र परिणाम के हो भन्ने कुराले अर्थ राख्छ’, उनी भन्छन्, ‘अन्तर्जातीय विवाह गरेकै कारण अपहरणमा परेको केटा गायब छ । चन्द्रेलाई राति उठाएर लैजानेहरूलाई पक्राउ गर्न प्रहरीले आलटाल गरिरहेको देखिन्छ ।’

जाजरकोटका नवराज विककै जस्तो प्रहरीले चन्द्रे कामी प्रकरणमा अनुसन्धान विषयान्तर गर्न खोजेको हीरा बिजुलीको आरोप छ । ‘नवराज विकको घटनामा लकडाउनको बेला केटीको गाउँमा किन पस्नुपर्‍यो भन्ने कुतर्कबाट प्रभावित भएर सुरुवाती अनुसन्धान भएजस्तै अहिले चन्द्रेलाई हुम्लामै लुकेको, इन्डिया गएको भन्ने आशंका गरी प्रहरीले मुद्दालाई अर्कै तरिकाले पन्छाउन खोज्दै छ’, उनले शंका प्रकट गरे ।

घटनालाई लिएर विभिन्न संघसंगठन र अधिकारवादी संस्थाहरूले चिन्ता प्रकट गरेका छन् । साथै दोषीलाई उम्किन नदिन खबरदारीसमेत गरेका छन् ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले चन्द्रे कामीको घटनाले रुकुम घटनाजस्तै अप्रिय अवस्थाको संकेत गरिरहेको भन्दै खेद प्रकट गरेको छ । साथै, चन्द्रेको खोजीलाई तीव्र पार्न र आरोपीलाई नियन्त्रणमा लिएर तत्काल अनुसन्धान अघि बढाउन माग पनि गरेको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० को हुम्ला जिल्ला कमिटीले घटनाको छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न पुलिस प्रशासनको ध्यानाकर्षण गराएको छ । संगठनका जिल्ला संयोजक पारस धामीले विज्ञप्ति जारी गर्दै संविधानले नै जातीय छुवाछुतलाई दण्डनीय भनेको अवस्थामा यस्ता घटना बारम्बार दोहोरिनु दुस्खद् भएको बताएका छन् ।

प्रकाशित मितिः     ५ पुष २०७८, सोमबार ११:२४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *