एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा


मोहनसिङ बुढा हुम्ला
पुष २० मंलबार हुम्ला । एसइर्ई परिक्षा खारेज हुने हल्लाले हुम्लाका बिधार्थी र अभिभावक अन्यौलमा परेका छन ।

भौगोलीक बिकटताका कारण राष्ट्यि परिक्षा बार्डले सुचना प्रकाशन गरेको एक साता पछि थाहा हुने हुदा बिधार्थी र अभिभावक अन्यौलमा परेका हुन । एसईईको परिक्षा बैषाख मैनामा तोकीए पनि हुम्लाका बिधार्थी यो महिना हरुमा टिउसन कक्षा पढ्ने गर्दछन ।

अब एसर्ईई हुन्छ की हुदैन भनेर बिद्यार्थीहरुले सञ्चारकर्मी र शिक्षकहरु संग बुभज्ने गरेका छन । गत यस अघिको शिक्षा समितीको बैठकले माध्यिामिक शिक्षा परीक्षा(एसईई)खारेज गर्न निर्देशन दिएको समाचारले बिद्ययार्थी तथा अभिभावक अन्यौलमा परेका छन ।

तर राष्ट्यि परिक्षा बोर्डले भने हल्लाको पछि नलाग्न र एसईईको तयारी जारी राख्न आग्रह गरेको छ ।

यहि पुस ८ गते शिक्षा ताथ स्वास्थय समितिको बैठकमा शिक्षामन्त्री देबेन्द्र पौडेलले एसईई खारेज गर्ने बिषयमा छलफलमा लागीरहेको बताएका थिए ।

समितिका सभापती जयपुरी घर्तीले बैठकको अन्त्यमा एसईई गराउन हुन्न भनेर आफुले निर्देशन दिएको बताएकी थिईन । यसलाई कार्यनवयनको दिशा तिर मन्त्रालय जावोस भनेर समितिको तर्फ बाट निर्देशन दिईएको थियो ।

त्यसैले बिद्ययार्थी र अभिभावकलाई अब एसईई हुदैन कि भन्ने संका पैदा भयो ।

राष्ट्यि परिक्षा बोर्डका नबनियुत्त अध्यक्ष महाश्रम शर्मा संग रेडियो श्रीनगरको संक्षिप्त कुराकानी अनुसार संसदिय समितीले खारेज गर्न नभई कानुन अनुसार प्रदेश सरकारलाई जिम्मा दिन निर्देशन दिएको तर बुभाmाईमा फरक परेको बताएका छन ।

समितिले आसय केन्द्रबाट मात्र सञ्चालन नगरेर प्रदेश सरकारहरुलाई जिम्मा दिनु पर्ने र अबका ऐन,नियम,कानुनमा संबिधानको मर्म समेट्नु पर्ने भएको छ ।

राष्ट्यि शिक्षा निती,२०७६ मा,आधारभुत तह(कक्षा ८)को अन्त्य,माध्यामिक तह अनतर्गत कक्षा दश र कक्षा १२ को परिक्षा क्रमश स्थानि,प्रदेश र संघिय तहबाट सञ्चालन ब्याबस्थापन र प्रमाणीकरण गर्ने ब्याबस्था मिलाईएको छ । त्यस कानुनलाई पालन गर्न यस्तो निर्ण गरेको छ ।

शिक्षा ऐन २०२८ मा कक्षा १० र १२ को परीक्ष्ाँ बार्डले लिने ब्यवसथा गरेकोले त्यो कानुनी ब्यवस्था परिबर्तन नगरी परीक्षा बार्डलाई कक्ष १० को परीक्ष्ाँ नलिन भन्न नसकिने शिक्षा मन्त्रालयका प्रबत्ता दीपक शर्माले बताएका छन उनका अनुसार ऐनका कारणले अलिकती समस्या भएको छ तर अन्तत संसदीय समितिको निर्देशन अनुसार जानु पर्ने हुन्छ यो बर्ष नभए पनि अर्काे बर्ष परामर्शमा जाने उनले बताएका हुन ।

तर प्रश्नपत्र छाप्न तयारी भईरहेको माध्यामिक शिक्षा नियन्त्रण कार्यलयले जनाएको छ । गत बर्षको भन्दा फरक निर्णय नआएकाले प्रश्नपत्र छाप्ने तयारी भईरहेको एसईई परिक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

अहिले सम्म एसईईका लागि पाच लाख तीन हजार बिद्यार्थीले रजिष्टे्शन फारम भरेको बिबरण प्राप्त भएको नियन्त्रक अधिकारी बताएका छन । कति जिल्लाहरुले बिद्यार्थी संख्या समाबेशन गराउन बाकी रहेकाले बढ्न सक्ने बताएका छन ।

बिद्य्यनर्थी बिबरण पढाउने समय पुष मसान्त सम्म भएको बताएका छन ।

प्रकाशित मितिः     २० पुष २०७८, मंगलवार १५:३५  |