बौद्ध धर्मलम्बीका ८० घरधुरीलाई बलान्केट सहयोग


पौष २५ हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ ।

आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो ।

बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु ड्रिकुङ्ग क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८० औं जन्म उत्सवको अवसरमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको इन्टरनेश्नल ड्रिकुङ्ग क्याबगोन काउन्सिलका संस्थाका सचिव रबिन्द्र लामाले बताउनुभयो ।

जिल्लामा चिसो अत्याधिक बढ्दै गएपछि बालबालिका वृद्धवृद्धा र दलित परिवारलाई सहयोगका लागि आफुले पहल गरेर वितरण कार्य सुरु गरिएको सोही संस्थाका सचिव लामाले बताउनुभयो ।

हुम्लाका भोट समुदायलाई प्रतिव्यक्ति एक जनालाई एकवटा बलान्केटका दरले सहयोग वितरण कार्य सुरु भएको हो ।

यस्तै सिमकोट गाउँपालिका वडा नम्बर तीनमा रहेका लिमाटाङ, बरगाउँ, तोर्पा र हुटिक गाउँमा रहेका बौद्ध धर्म मान्ने लामा समुदायका साथै दलित घरपरिवारलाई समेत वितरण गरिने भएको सचिव लामाले बताउनुभयो ।

भोलीबाट उक्त गाउँहरुमा सहयोग वितरण गरिने भएको जानकारी प्राप्त भएको छ । हुम्लाका बौद्ध धर्म मान्ने लामाहरुका लागि तीन सय वटा बलान्केट राहत आएको छ ।

आज पहिलो दिन वडा चार बुराउँसे गाउँका लागि ८० वटा वितरण गरिएको भएपनि अरु भोलीबाट वितरण हुने भएको छ ।

जिल्लाको तापक्रम माइनस १२ डिग्रीमा झरेका चिसो अत्याधिक हुने गरेको छ । यो चिसो मौसममा उनिहरुलाई निकै राहत भएको छ ।

प्रकाशित मितिः     २५ पुष २०७८, आईतवार १९:००  |