एमाले बाजुराको बन्द सत्र सुरु हुन कठिन, किन रोकियो बन्द सत्र ?


बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको खुला सत्र शुक्रबार सकिएपनि २ दिनसम्म पनि बन्द सत्र सुरु भएको छैन् ।

आज विहान ११ बजे सुरु गरिने भनेपनि अहिलेसम्म बस्न सकेका छैन्, सहमतिको प्रयास भईरहेकोले बन्द सत्र सुरु हुन नसकेको एमाले बाजुरा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।

सहमतिमै नेतृत्व चयन गर्न शिर्ष नेताहरु छलफलमा व्यस्त देखिएका छन् । कसरी सबैलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा नेताहरु एक अर्काको सरसल्लाह लिन  व्यस्त देखिन्छन् ।

‘अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न स्थानमा नेताहरु सहमतिका लागि जुटिरहेका नेकपा एमाले बाजुराका पार्टी प्रचार विभाग प्रमुख खड्काले बताए । उनले अहिले तीन बजे बन्द सत्र सुरु हुने भन्ने छ, तर हुने नहुने निश्चित भने छैन् ।’

सहमतिको आधारमा नेतृत्व चयन गर्नाका लागि शिर्ष नेता र कार्यकर्ताहरु आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । ‘सहमतिको प्रयासमा जुटेपनि सबैलाई  कसरी मिलाउने र सबैलाई कसरी अटाउने भन्ने निर्णय गर्न भने नेताहरुलाई गारोको विषय बनेको छ ।’

नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा सहमतिमै सबैलाई सुवाउँदो खालको नयाँ नेतृत्व ल्याउने नेताहरुले बताएका छन् । सहमतिको प्रयास भईरहकाले बन्द सत्र कतिबेला गर्ने भन्ने एकीन नभएको र तीन चार दिनपनि लाग्ने सक्ने सम्भावना रहेको केही एमालेका नेताहरुले बताएका छन् ।

‘दुई दिनसम्म बन्द सत्र समेत सुरु नभएपछि सबैको ध्यान शिर्ष नेताहरु तिर केन्दीत भएको छ ।’ शिर्ष नेताहरुबाट कुनबेला नेतृत्व चयनको निर्णय बाहिर आउँला भनेर प्रतिनिधी तथा कार्यकर्ता कान थापेर बसिरहेका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भईरहेकाले बन्द सत्र ढिला हुँदै गएको र सहमति भए लगत्तै बन्द सत्र सुरु गरिने एमाले बाजुराले जनाएको छ ।

प्रकाशित मितिः     २६ पुष २०७८, सोमबार १८:४२  |