प्रेस चौतारी नेपाल हुम्ला शाखाको सर्वसम्मत नेतृत्व चयन


हुम्ला । प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । सिंह प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको हालको संयोजक रहेका नन्द सिंह सर्वसम्मत चयन गरिएको छ । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मान बहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा चयन हुनुभएको छ ।

सदस्यहरुमा धन बहादुर भण्डारी, टसि बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोज बहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा, लगायतका चयन भएका छन् । यसै गरी प्रदेश प्रतिनितिधीमा एक जना मात्रै मन्दिर सिंह चयन गरिएको भएपनि केन्द्रिय महाधिवेशन प्रतिनिधी र प्रदेश अन्य प्रतिनिधी नयाँ पदाधिको पहिलो बैठकबाट नेतृत्व चयन हुने भएको जानकारी प्राप्त भएको छ । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष नन्द सिंहको अध्यक्षतामा र नेकपा एमाले जिल्ला पार्टी कार्यबाह अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा प्रेस चौतारी नेपाल हुम्लाको शाखाको पाँचौ जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको छ ।

यसै गरी प्रेस चौतारीको जिल्ला अधिवेशनमा नेपाल कांग्रेस हुम्लाका प्रदेश नम्बर ख का तक्दिर लामा, नेकपा माओवादी केन्द्रका सिमकोट गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, जिल्ला कमिटी सदस्य तथा सर्केगाड गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष गोकुल बुढा, नेकपा एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र नेकपा एमाले अदानचुली गाउँकमिटी बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याल लगायत अन्य चौतारीका पदाधिकारीको उपस्थित रहेको थियो ।

प्रेस चौतारी हुम्लाको जिल्ला अधिवेशनका प्रमुख अथिती तथा एमाले पार्टी कार्यबाहक अध्यक्ष ज्ञामी बुमीले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्नुभएको थियो । यस्तै आजै भएको पाँचौ जिल्ला अधिवेशनमा विभिन्न बक्ताहरुले आफ्नो भनाई समेत राखेका थिए ।

प्रकाशित मितिः     २७ पुष २०७८, मंगलवार १८:३१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *