राति दुलाह दुलही बनाएर माघि संक्राती मनाउदै हुम्ली नागरीक


हुम्ला । नेपालको एक मात्र अति बिकट जिल्ला हुम्लामा फरकै तरिकामा माघि संत्राती मनाईदै छ । पुस महिना सकिने र माघ महिना लाग्ने पौष शुक्ल द्धादशिका दिन माघि संक्राती मनाईने याहाको प्रम्परा हो ।

आजको दिन साझ सबैका घरमा घरका सबै सदस्य जम्मा भएर एक आपसमा मिली पुरी,तरकारी,मासु संगै बिभिन्न मिठा मिठा खानका परिकारी हरु खाएर एक सरो राम्रो लुगा लगाउने दिनका रुपमा पनि बुझ्न सकिन्छ ।

आजको दिन घरमा खान खाएर राती कुल कुटुम्भ पर्ने गाउमा गएर बेहुला बेहुली बनाई बिवाह गर्ने चलन रहेको छ ।

एक गाउका युवा र अर्काे कुटुम्भ पर्ने गाउको युवती संग गएर बेहुला बेहली बनाई रात भरी अस्लिल शब्दमा बिवाहमा जस्तै गरी धामी जचाउने,बाउनलाई चिना हेराउने,बिवाह गर्ने,ढाल खेल्ने,हुड्केनाच खेलाएने दुलहीलाई गरगहना लागाई सृगांर पटार गर्ने छारी मागेर रमाउने चलन रहेको छ ।

भगावान रामको बिवाह यसै दिन भएका हुनाले यो दिन जस्को बिवाह हुन्छ यामलोकमा गएर उनी दुबै जनाको मिलन हुने बिश्वास गरिएको छ । केही समय यता यो दिनलाई बर्षकै बिशेष दिनका रुपमा पनि मनाउने गरेको छने भने यो माघि लाई आउदो माघि र माघ मसान्तका दिनमा मनाउने माघिलाई जादो माघि भनेर चिन्ने गरेका छन ।

भालीको दिन भने बिहान कागलाई खानका परिकार (कगौलो) दिन प्रचलन रहेको छ । याहाका बृद्धका अनुसार तिर्थ मानसरवरबाट नुहाएर आएका कागले मात्र खान सक्ने जनबिश्वास रहेको छ ।

प्रकाशित मितिः     ३० पुष २०७८, शुक्रबार १६:३२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *