भौगोलीक बिगटताका कारण सुत्केरी हुने क्रममा एक महिलाको मृत्यु -रेडियो श्रीनगर


माेहनसिंह बुढा पौष ३० शेक्रबार ,हुम्ला । सुत्केरी हुने क्रममा हुम्लाको अदानचुली गाउपालिका नम्बर ५ की गौउगरा छत्यालको मृत्यु भएको छ ।

केही समय अगाडी सुत्केरी व्यथाले च्यापेकी छत्यालले बच्चा जन्माए पनि बच्चा जन्मेको ५ मिनेटै उनको ज्यान गएको हो । उनी भौगलीक रुपमा ठगिएको हुम्ला जिल्ला अदानचुली ५ का गोर्ख छत्यालकी श्रीमती करीब ३५ वर्षकी गौउगरा छत्यालको सुत्केरी हुनेक्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

समयमै उपचार नपाउदा अझै पनि ग्रामिण भेगमा सुत्केरीको पिडा उस्तै रहेको पाईएको छ ।

नियमीत रुपमा खोप लगाउन महिलाहरु प्हिलेको तुलनामा स्वास्थ्य सस्थामा पुग्ने गरेका छन । तर पनि समयमै स्वास्थ्यको चेगजाच गर्न स्वास्थ्यका उपकरणहरु नहुदा ग्रामिण भेगमा सुत्केरीको पिडा उस्तै रहेको हो ।

जटील समस्या पर्नु भन्दा आगाबै वास्थ्य परक्ष्ँिण गरेको भए ज्यान नै जोखीममा पर्न बाट उन्मुति पाउने कतीपय महिलाहरुको भनाई रहेको छ । अर्को तीर सुत्केुरी जस्ता जटील केस आप्नै कमजोरीका कारणले पनि ढीलो गरी स्वाथ्य सस्थामा नपुग्नुले पनि सुत्केरी हुने महिलाको ज्यान जोखीममा परेको स्वास्थ्य कर्मीहरुको भनाई रहेको छ ।

भागौली बिकटता कारण कयौ महिलाको ज्यान गएको एक तथयाकले देखाएको छ ।

प्रकाशित मितिः     ३० पुष २०७८, शुक्रबार १७:१६  |