उद्घाटनकै पहिलो दिन विधुत कार्यालयले उठायो १ लाख ७ हजार रुपैयाँ


एमपावर उद्घाटनको पहिलो दिन आज करीव ५० जना सेवाग्राहीले सेवा लिएका छन् । नेपाल विधुत प्राधिकरण हिल्दुंग वितरण केन्द्रले आइतवार एक कार्यक्रम गर्दै आफ्नो सेवालाई डिजिटल रुपमा बढाएपछि उक्त सेवा लिनेको घुइचो लागेको थियो ।

उद्घाटनकै पहिलो दिन विधुत कार्यालयले १ लाख ७ हजार रुपैयाँ उठाउन सफल भएको सो कार्यालयका प्रमुख साजन ऐडीले बताए । प्रमुख ऐडीका अनुसार नेपाल विधुत प्राधिकरण केन्द्रिय कार्यालयको प्राव्धान अनुसार हुम्ला जिल्लामा पनि अवदेखि डिजिटल रुपमा सेवा दिने भनेपछि उक्त कार्य सञ्चालन गरिएको हो ।

कार्यालयले यस अघि उक्त सेवा दिँदा कागजी ढड्डामा रेकड राख्ने गरेको थियो भने आजबाट कम्प्युटर सिस्टमले विल भुक्तानी गर्ने भएको प्रमुख ऐडीको भनाई छ । विगतमा कागजी सिष्टम गर्नु पर्दा सेवाग्राही र कर्मचारी दुईटैलाई दुख र समस्या हुने गर्दथ्यो भने अवदेखि सो सिष्टम लागु भएपछि निक्कै सहज हुने भएको छ । यो सिष्टम लागु गर्दा नेपाल भरिकै एकिकृत विलिंग सिष्टम हुने भएको छ ।

अवदेखि विधुत प्राधिकरण केन्द्रिय कार्यालयले विल महसुल छुट दिएमा हुम्लाका विधुत महसुल तिर्ने सेवाग्राही पनि सो सुविधाबाट लावान्वित हुने भएका छन् । कार्यालयले यो कार्य पहिलो पटक सञ्चालन गरेको छ । पहिलो दिन नै यो सेवा लिनेको घुइचो लागेको प्रमुख ऐडीले बताए ।

प्रकाशित मितिः     २ माघ २०७८, आईतवार १९:१५  |