माघ ३ सुर्खेत । सरकारका काम कारबाहीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशको जस्तो मन्त्रालय फुटाएर खर्च बढाउने पक्षमा आफू नभएको बताएका हुन् ।
‘मलाई मन्त्रालयको संख्या बढाएर भए पनि सरकार विस्तार गर्न दबाब आइरहेको छ ’, मुख्यमन्त्री शाहीले भने, ‘तर म मन्त्रालय फुटाएर कर्णालीलाई अनावश्यक बोझ बढाउन चाहन्न । बरु म मुख्यमन्त्रीको पद नै छाड्न तयार छु ।’
मुख्यमन्त्री शाहीले निजी सचिवालय व्यवस्थापन गरेको बताउँदै अन्य सल्लाहकारहरू तत्काल राख्ने पक्षमा नभएको आशय व्यक्त गरे ।
‘राजनीतिक, आर्थिकलगायतका सल्लाहकारहरू अहिले नराखेर मैले राज्यको सम्पत्ति जोगाएको छु ’, उनले भने, ‘जागिर खुवाउनका लागि नभइ वास्तविक विज्ञ, योग्य र क्षमतावान भएको खण्डमा मात्रै मैले त्यस्ता नियुक्ति गर्नेछु ।’
कार्यप्रगतिबारे मुख्यमन्त्रीको तीन पेज लामो फेहरिस्तमा विभिन्न अस्पताललाई कोरोना न्यूनीकरण गर्न ८० लाख, प्रदेश अस्पतालको यूपीएस सिस्टम खरिदका लागि ३८ लाख, जनस्वास्थ्य प्रयोगशालाका लागि दुई करोड विनियोजन गरेको उल्लेख छ ।
उनले कर्णालीमा ८ वटा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउँदै जिल्लाहरूमा एम्बुलेन्स, शववाहनका लागि पनि बजेट पठाइसकिएको जानकारी गराए ।