बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमिसिसिका बिरुद्ध अदानचुलीमा मसाल जुलुस निकाल्यो -रेडियो श्रीनगर


मोहनसिङ बुढा, फागुन १२ बिहिबार हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउपालीका क्षेत्रमा बिप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टीले मसाल जुलुस निकालेको छ ।

सरकारले अमेरिकि सहयोग सम्बन्धि परियोजना मिलिनियम च्यालेन्ज कम्पाेरेसन एमसीसी संसदमा पेश गरे पछि त्यसका बिरुद्धमा नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्ला कमिटीले अदानचुली गाउपालीकाको क्षेत्र श्रीनगरमा मसाल जुलुस किालेकोे हो ।

अन्य राजनितिक दलले एमसिसिको पक्षमा उभिए पनि नेत्र बिक्रम चन्द बिप्लपको नेतृत्वमा रहेको नेकपाले यस अघि देखीनै एमसिसि राष्टघाती भएकाले यसलाइ पारीत गर्न नहुने भन्दै बिभिन्न ठाउमा मसाल जुलुस देखी आन्दोलन गरी हरेको छ । त्यस अनुरुप आज हुम्लाको अदानचुली गाउपाली क्षेत्रमा पनी त्यसको बिरुद्धमा जिल्ला डिसिएम निर्माणको नेतृत्वमा मसाल जुलुस निकालेको हुम्ला जिल्लाका पुर्ब डिसिएमले बताउनु भएको छ ।

उहाका अनुसार राष्टघाती एमसिसि सरकारमा रहेको पाच दलिय गगठबन्धन मध्य नेपाली कांग्रेसका सांसदहरुले प्रतितिनधी सभामा अनुमोदन गरे पछि बुधबार मसाल जुलुस गरिएको हो ।  अदानचुली गाउपालीकाको कार्यलयबाट सुरु गरी बजार क्षेत्र भरीनै मसाल जुलुस गरी तल्लो बजारको सडकमा गएर सम्पन्न गरेको छ ।

उत्त मसाल जुलुस अपरान्ह साडे पाच बजे बाट सुरु गरीएको हो । उत्त मसाल जुलुस कार्यक्रमा नेकपाका बिभिन्न जनसंगठन देखी आस्थावान हरुको उपस्थितमा गरीको निर्माण जानकारी दिनुभएको छ ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७८, बिहीबार ०८:५४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *