अदानचुली गाउपालीकाको कृषी बिकाश शखाले थाल्यो बिरुवा बितरण कार्य


फागुन १२ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको कृषी बिकाश शाखा ले चालु आर्थिक वर्षको फलफुल तथा कृषि विस्तारको कार्यक्रम अन्तरगत स्याउ र ओखरका विरुवा आजबाट वितरण गर्न सुरु गरेको छ ।

बिरुवा मुस्ताङबाट स्थालमार्ग मार्फत ३५ सय स्याउ र ३५ सय ओखरका गरी ७ हजार स्याउ र ओखरका विरुवा पालीकामा पुगेसंगै वितरण गर्न सुरु गरिएको कृषी बिकाश शखा प्रमुख बिनिता महताराले जानकारी दिनु भएको छ ।

प्रमुख महताराका अनुसार शाखामा जम्मा सात हजार बिरुवा उपलब्ध भएकाले बितरण कार्य सुरु गरिएको हो ।जसमा बुधबार मात्र ३५ सय बिरुवा बितरण गरिएको छ । त्यसैमा २ हजार स्याउका र १५ सय ओखरका बिरुवा बितरण गरिएको छ । गाउपालीकाको शाखामा स्याका ३ जातका बिरुवा उपलब्ध भएका छन । गोल्डेन जातका ३ सय,रेड २५ सय,रोयल ७ सय गरी ३५ सय बिरुवा आएका हुन भने थिङसेन जातका ओखका ३५ सय बिरुवा आएका छन ।

शाखाले उत्त बिरुवा गाउपालीकामा भएका कृषी फर्म,सहकारी समुह र अगुवा कृर्षकहरुलाइ बितरण गर्ने प्रमुख महताराले बताउनु भएको छ । स्थालमार्गबाट मुस्ताङ बाट गाउपालीकै रकम बाट खरीद ढुवानी गरी हुम्ला अदानचुली पुगाइएको हो ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७८, बिहीबार ०९:२४  |