अक्सिजन कन्टेनर चलाउने पावर नहुदा बिरामी जिल्ला बाहीर रिफर गर्न बाध्य श्रीनगर स्वास्थ्य चौकी


फागुन १७ मंगलबार,हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने अदानचुली गाउपालीकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा अक्सीजन कन्टेर चलाउने पावर नहुदा बिरामी बाहीर रिफर गर्न बाध्य भएको छ ।

यतीबेला केही पालीकामा १५ सैयाको अस्पतालका भवन निर्माण भए पनि संञ्चानमा आएका छैनन् कतिपय गाउपालीमा भने निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन ।

यतिबेला समेत यस दुर्गम क्षेत्रका गाउपालीकामा १५ सैयोको अस्पतालका भवन निर्माण भए पनि संञ्चालनमा नआएका कारण पनि याहाका बिरामीलाइ थप समस्यामा पारेको छ ।

हिजो मात्र अदानचुली १ का आशा बुढालाइ एक्कासी स्वास प्रस्वासमा समस्या आउदा उपचारका लागी १ घण्टा पैदल बाटोमा स्टेचरमा बोकेरा श्रीनगर स्वास्थ्य चौकीमा ल्याउदा अक्सीजन लगाएको २५ मिनेटमै पावर अफ भएको हो । उत्त पावर बन्द भएर अक्सिजन कन्टेनर नचल्दा बिरामी बुढालाइ स्वास्थ्य चौकीको पुर्जा दिइ बाजुराको कोल्टी सामुदायिक अस्पतालमा रिफर गरिएको श्रीनगर स्वास्थ्य चौकीका इन्चार्ज रासरण थापाले बताउनु भयो ।

उहाका अनुसार यता बिरामीलाइ स्वास प्रस्वास गर्न निकै समस्या भए पछि कोल्टी पठाइएको बताउनु भयो । यता चेकअप गर्ने सामाग्रीले जाज गरेर केही उपचार गरे नि यता सम्भव नभए पछि कोल्टी पठाइएको हो । गाउपालिकामा बत्ती नहदा स्वास्थ्य चौकीमा जम्मा २ किलो वाटको सोलार भएका कारण पावरले नभ्याएको बुझिएको छ ।

२३ बर्षीया बिरामी बुढा सुत्तकेरी भएको आज ११ दिन पुगे पछि पुन नया बेरामले थला परेको उहाका श्रीमान प्रबल दानीले बताउनु भएको छ । बिरामी बुढालाइ हिजोअपरान्ह साढे ४ बजे बोलोरो जिपबाट कोल्टी लगिएको छ । यो पिडा बुढाको मात्रै नभइ दुर्गम क्षेत्रका गाउपालीकाका सबै नागरीकहरुले भोगी रहनु परेको छ ।

प्रकाशित मितिः     १७ फाल्गुन २०७८, मंगलवार ०८:४६  |