अज्ञात रोगका कारण धमाधम बिधार्थी बेरामी हुन थाले पछि आइतवार सम्म बिध्यालय बन्द


भाद्र २१ श्रीनगर ।  भाद्र २१ मोहनसिह बुढा हुम्ला । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत भिद्यालयाका बिद्यार्थी अज्ञमत रोगका कारण धमाधम बेरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि बिध्यालय बन्द गरिएको छ ।

कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त बिद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने,उल्टि हुने,टाउको दुख्ने,छाती दुख्ने,सास फेर्न गारो हुने,एकासी ढल्ने,रुने कराउने जस्ता लक्ष्यण देखा परे पछि बिद्यालय ब्याबस्थापन समिको आपतकालिन बैठक बसि आईतबार सम्मका लागि बिद्यालय बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक काली बहादुर रावतले जानाकारी दिनुभएको छ । उहाका अनुसार अहिले सम्म केही यस्तो लक्ष्यण नदेखिएको बिद्यालयमा कहीे दिन अगाडि मात्र अकास्मक यस्तो समस्या आएको बताउनु भएको छ ।

बिद्यालयमा अज्ञात बिरामिका लक्ष्यण देखा परि एकै दिन ५ देखी ६ जना विद्यार्थी एक्कासी भुइमै ढल्न थाले पछि बिद्यालयमा आपतकालिन बैठक बसि बिद्यालय बन्द गरिएको छ । बिद्यालयमा बेरामि परेका केही बिद्यार्थिबाटनै अन्य विद्यार्थी घर परिवार सहित नगारिकामा समेत उक्त रोक फैलीनबाट जोगाउनका लागि बिद्यालय बन्द गरिएको हो ।

उक्त बिद्यालय बाट गापालिकाको स्वास्थ्य शाखा जान समेत पैदल हिनेर ५ देखि ६ घण्टा सम्म लाग्ने गर्द छ भने सवारी साधनमा करिव २ घण्टा सम्म लाग्ने गर्दछ । बिद्यालयमा अहिले सम्म बिद्यार्थी बेमारी पे पनि कुन रोग भन्न नसकिने बताइएको छ ।

केही महिना अगाडि मात्र सोही गाउपालिकाको अर्को बिद्यालयमा यस्तै समस्या देखा परेको थियो ।

प्रकाशित मितिः     २१ भाद्र २०७९, मंगलवार १४:३०  |