सुर्खेत । मोटसाईकल दुर्घटनामा परि नेकपा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटि अध्यक्ष अकबिर खड्काको निधन भएको छ । शनिबार राती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १० बुलबुले नजिक जिपले मोटरसाईकलाइ ठक्कर दिएपछी उपचारको क्रममा ३५ बर्षिय खड्काको निधन भएको हो ।
खड्का सुर्खेतको वीरन्द्रनगर १२ पिपिरामा कोठा भाडामा बस्दै आएका थिए । उपचारका क्रममा निधन भएको भाई मिम बहादुर खड्काले बताउनु भएको छ । तिनकुनेचोकबाट मंगलगडीचोक तर्फ आउदै गरेको कणर्ाली प्रदेश ०२००१ ज.०५७३ नम्बरको जिप र सोही दिशाबाट आउदै गरेको कणर्ाली प्रदेश ०२००१प. ७८७४ नम्बरको को मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि घाईते भएका खड्काको निधारमा चोट लागेको थियो ।
स्थानिय माया नसिग होममा सामान्य उपचार पछी उनलाई कणर्ाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाईएको थियो । उनको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, हो ।
जिप र जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् । भने खड्काका आफन्तहरुले बसपार्क आसपासमा टायर बालेर आन्दोलन गरेका छन् ।
खड्काको निधन पछि नेकपा माओवादी केन्द्रलाई अतुलनिय क्षेती भएको भन्दै बिभिन्न संगठन संगै पाटि कमिटिले दुख ब्यत्त गर्दै सोक प्रस्ताप पारीत गरेका छन ।