स्थानियतह द्वारा महिला उधमीलाई सहायता विषयकमा सर्केगाड ४ को सार्वजनिक सुनुवाई


सर्केगाड । सर्केगाड गाउपालिकाको वडा नद्ध मा स्थानियतह द्वारा महिला उधमीलाई सहायता विषयकमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । महिलाले उधममा गर्न आर्थिक रुपान्तरण द्वारा सशक्तीकरणका लागि वडा कार्यलयको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

वडा न ४ का अध्यक्ष धन बहादुर छत्यालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सदस्य सिगं सिहको प्रमुख आतिथ्यमा र वडा सदस्यहरु,बालक्लव,विव्यस, नागरिक समाज वडाका पाँच वटै महिला समुहहरुको सहभागीतामा सो विषयमा सार्वजनिक सुनुवाई भएको छ ।

महिला कल्याण सेवाको आयोजना र सर्केगाड गाउँपालिका वडा न ४ को समन्वयमा, तथा डानिडाको आर्थिक सहयोग, मिसन ईष्ट नेपालको प्राविधिक सहयोगमा सार्वजनिक सुनुवाई भएको महिला कल्याण सेवा सर्केगाडको कार्यक्रम व्यवस्थापक ज्ञानेन्द्र प्रसाद पन्तले बताउनु भएको छ । कार्यक्रमको उदेश्य प्रस्ट पार्दै उहाले उधम गर्न चाहाना भएका महिलाहरुलाई स्थानियतहले पुराउने सहायताले उदारणीय बन्न सक्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाले थपे केही गर्ने चाहाना हुदाहुदै पनि सायता नपायर खुम्चिनु पर्ने बाध्य हटाएर उधममा जोडिन सार्वजनिक सुनुवाई गर्नु उचित छ । चुलोचौको र बच्चा जन्माउन सिमित नभएर भिविन्न सँस्था स्थानियतहमा कसरी समन्वय बढाएर उधमी बन्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रमको सार रहेको बताउनु भयो ।

उक्त कार्यक्रमका प्रमुख आथित्य ग्रहण गरेका जिल्ला समन्वय समितीका सदस्य सिग सिहले पहिले जस्तो जिविसको जिम्मामा बजेट नभएको केही गर्न नसकियको उल्लेख गर्दै कृषीका लागि आफूहरुबाट हुने सहयोगमा कन्जुसाई नहुने बताउनु भयो । सहभागी कृषकहरुले कुटानी पिसानीको मिल देखि खेतीयोग्य तिलको समस्या जस्ताको तेस्तै रहेको जिज्ञसा राखेका थिए भने कृषि गर्न खानेपानीको मुलसमस्या रहेको ओैल्यायका हुन ।

मूल्य शृखला,बजारीकरण, स्थानिय उत्पादनमा वडाले गर्ने पहल,पशु तथा बाली बिमा,माटो परिक्षण,उन्नत जातको बिउ बिजनको व्यावस्थापन लगायत भण्डारणको व्यावस्थापनको पहल गर्न अनुरोध गर्नु भयको थियो । कार्यक्रमका सभाअध्य ग्रहणमा रहेका ४ नम्बर वडाका अध्यक्ष छत्यालले सहभागीहरुले राखेका समस्या जायज भएको बताउनु भयो ।

उक्त समस्या समाधान गर्न वडाले गर्नु पर्ने काम कर्तव्यमा दृढ रहेको दावि गरे । उहाले भने स्थानिय तहले गर्नु पर्ने कार्यहरुको पाईलामा रहेको महिला कल्याण लाई अझै थप कार्यमा समन्वय गर्न अनुरोध गर्नु भयो । उठेका समस्या समाधानका लागि आजको प्रतिबद्धता भन्दा पछि नहटेर काम गर्ने भनाई राख्नु भएको छ ।

प्रकाशित मितिः     १४ जेष्ठ २०८०, आईतवार १९:२०  |