प्रथम सोरु उपाध्यक्ष गोल्डकप २०८० को उपाधि सोरु फुटबल क्लबलाई


मुगु । छिमेको जिल्ला मुगुको सोरु गाउँपालिकाद्धारा आयोजित प्रथम उपाध्यक्ष गोल्डकप २०८० सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त गोल्डकपमा १७ वटा फुटबल टिमले प्रतिष्पर्धा गरेका थिए भने प्रतियोगिता २० गतेबाट संचालन भएको हो । गोल्डकपको प्रथम ट्रफ्री गाउपालिकाकै सोरु फुटबल क्लव बिजेता भएको छ । यस्तै उक्त प्रतियोगिताको उपबिजेता भने गमगढीको ए वान युथ क्लव भएको छ भने खत्याडको टाइगर फुटबल क्लवले तेश्रो स्थान हासिल गरेको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिनुभयो।

स्थानीय क्लबहरूको सक्रियता र स्थानीय तहको प्रोत्साहनका कारण फुटबल खेलाडीहरू मात्रै होइन, क्रेजी फ्यानहरू पनि जन्मिन थालेका छन् । सो खेल हेर्नका लागि ४–५ घण्टाको उकालो बाटो हिँडेर आउने दर्शकहरु पनि रहेका थिए ।
प्रतियोगिता खेलकुद क्षेत्रमा सोरुको अभियान क्षमतावान खेलाडिको वास्तविक पहिचान भन्ने मुल नाराका साथ संचालन भएको हो ।
बिजेता भने सोरु फुटबल क्लबमा मुगु र हुम्लाका खेलाडिहरु रहेका थिए ।

प्रकाशित मितिः     २६ जेष्ठ २०८०, शुक्रबार २२:४०  |