एक बेन्चमा ८ जना बसेर अध्यन गर्दै मष्टादेबका बिद्यार्थी ॥


श्रीनगर । हुम्लाको अदानचुली गउँपालिका वडा नम्बर २ मा रहेको मष्टादेब प्रथामिक बिद्यालययमा डेस्क—बेन्च नहुँदा एक बेन्चमा ८ जना बसेर अध्यन गर्न बाध्य भएका छन । ३ बर्ष अघि नयाँ ठाउँ सारिएको बिद्यालयका बिद्यार्थी फर्निचरले धान्न नसक्ने गरी बस्दै आएका छन ।

सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी बेन्चमा बस्न पाए पनि केहि बिद्यँर्थी भने कक्षा कोठाभित्रको धुलाम्मे भुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन ।

विद्यालयले कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुइँमा बसेर अध्ययन गर्नुपरेको हो । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १ का स—साना विद्यार्थी बालबालिका जीणर् बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बालविकासका सबै बिद्यार्थी भुईमा बस्दै आएका छन । बाँकी कक्षा २ देखि कक्षा ५ सम्मका सबै विद्यार्थी एक बेन्चमा ८ जना बसेर अध्ययन गरिरहेको शिक्षक पर बहादुर बुढाले जानकारी दिनुभएको छ ।

भुईँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने गरेका छन । बिद्यालयले फर्निचरका लागि वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क-बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको शिक्षक बुढाले बताउनु भएको छ ।

३ बर्ष अघि अदानचुली २ कै घोडे ढु¨ामा रहेको बिद्यालय गैरामा सारिनु अघिबाटै बिद्यालयमा फर्निचरको अभाब थियो । बिद्यालय सारेर कक्षा कोठा मात्र थुप्रै निर्माण भएपनि विद्यालयलाई आवश्यक डेस्क-बेन्चको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ ।

३ बर्ष अगाडी देखीनै बिद्यार्थीहरुले यसरीनै अध्यन गर्दै आएका छन । पटक पटक पालिकाले अनुगमन गर्यो तर यसका लागि केही पहलहरु अगाडी बढाउन सकेको छैन ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०८०, बुधबार १८:०९  |