हुम्ला मुगु जोड्ने झुलङ्गे पुलको उद्धघाटन,स्थानियहरु खुसी, नदी तर्दा ‘कुलदेवता’ सम्झिने बाध्यता हरायो


श्रीनगर । हुम्लाको अदानचुली १ दोमुख र मुगुको सोरु गाउापालिका जोड्ने झुलङ्गे पुलको उद्धघाटन गरिएको छ । २०७६ साल असार २९ गते देखी निमार्ण कार्य सुरु भई हाल सम्पन्न भएको दोमुख झुलङ्गे पुलको बिहिबार उद्धघाटन गरिएको छ । बिहिबार अदानचुली गाउापालिका उपाध्यक्ष कर्ण रोकायाले रिबन काटेर उद्धघाटन गर्नुभएको हो ।

उत्त उद्धघाटन कार्यक्रममा अदानचुली १ का वडा अध्यक्ष अके महतारा,कार्यपालिका सदस्य भैकती लुवार,स्वास्थ्य शाखा संयोजक हंस महतारा,हेल्थ असिष्टेन सन्तोष बुमी लगायत उपभोत्ता समिति अध्यक्ष नर थापा,उपाध्यक्ष रामु कार्की लगायत स्थानियहरुको उपस्थितमा पुलको उद्धघाटन गरिएको छ ।

उत्त पुल निर्माण गरी उद्धघाटन गर्दा नागरीकहरुलाई कुल देवता सम्झेर तुईन तर्नु पर्ने बाध्याता हराएको छ । यस अघि नागरीकहरुले कर्णाली नदीलाई छोएको जिर्ण पुल तर्ने बाध्याता थियो भने पुल निर्माण हुदा तसईन तर्नु पर्ने बाध्याता सधैका लागी हटेको सोरु ३ भिईका ऐना कार्कीली बताउनु भयो । आफु महिला मान्छेलाई तुईन तर्न निकै असहज थियो अहिले पुल बन्दा धेरै सहज भएके बताउु भयो ।

करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरीएको दौमुख झुलंगे पुलका उपभोत्ता समिति नर थापाले बताउनु भयो । उप्ठेरो ठाउामा पुल निर्माण गर्नु पर्दा बिभिन्न बाधा याचना सहेर निर्माण कार्य सम्पन्न भएको हो । हुम्लाको अदानचुली र मुगुको सोरु गाउापालिका जोड्ने झुलङ्गे पुलको निर्माणमा अदानचुली गाउापालिकाको समन्वय तथा हिमालयन कन्जरभेसन एण्ड डेप्लेमेन्ट एसोसियनको करिब ९३ लाख को लागतमा निमार्ण कार्य सम्पन्न भएको छ । पुल निर्माण भए पछि मुगुका कालै,सिड्डि खनाया,धैन र भिईका नागरीकलाई सहजभई घर आगानमा सडक पुगेको महशुस भएको छ उपभोत्त समिति उपाध्यक्ष समेत रहनु भएका सोरु ३ भिईका रामु काकीले बताए । उनले थपे अब पुल निर्माण हुदाा कर्णाली करीडोरबाट आयत बिभिन्न दैनिक उपभोग्य बस्तु लगायतका अन्य सामाग्री आयत गर्न र आफुहरुलाई कुनै पनि सहरी क्षेत्रको यत्रा गर्न सहज भएको बताृनु भएके छ । उत्त पुलबाट सोरु गाउापालिकाका मात्र ७ हजार भन्दा बढी नागरीकलाई सहज भएको छ ।

सरकारले देशभरका तुईन बिस्तार गरी झुलङ्गे पुल निमार्णको निति ल्याए संगै अधिकांश ठाउामा पुल बनिसकेका छन् भने केही ठाउामा निर्माणाधिन अबस्थामा छन । हुम्ला जिल्लाका १० वटा पुल मध्ये ढिलै भए पनि नमुना पुल बनेको छ । झुलङ्गे पुल क्षेक्र कार्यत्रमका प्राबिधिक बिस्नुलाल जैसीले बताए । जिल्लाका धेरै पुलको स्टामेट आफुले गरेको र सोही पुल पनि आफैले हेर्ने भएकाले जिल्लाका १० पुल मध्यको उत्कृष्ट पुलको नजरमा आफुले राखेको बताउनु भएको छ ।

दौमुखमा पुल निर्माण हुादा सहज बाताबरण भयो तर कहिलै काही नजिकताले झै झगडा उत्पन्न गराउछ तर यसका लागि दुबै जिल्लाका नागरीकलाई यसो नगर्न आग्रह गर्दै कर्णाली संघम स्थल भएकाले पर्यटकिय क्षेत्रमा ब्याबस्थि गर्न सानो मन्दिर बनाएर धर्मसाला निर्माण गर्न कार्यपालिकामा छलफल गरी कार्यन्वयन गर्ने अदानचुली गाउापालिकाका उपाध्यक्ष कर्ण रोकायाको भनाइ छ । आफुले यस क्षेत्रमा पर्यटकिय क्षेत्रलाई खान र बस्नको सम्पुर्ण ब्याबस्था सहितको एउटा धर्मशालाको निर्माण गर्न कार्यपालिकामा आवाज उठाउने बताउनु भयो ।

पक्की पुल निमार्ण गर्ने अबस्थामा ढिलै भए पनि गाउा भन्दा फरक तर धार्मीक पर्यटकीय स्थलमा झुलंगे पुल निमार्ण भएको छ । उक्त क्षेत्रमा बनेको पुलसागै दुइ जिल्लाको आन्तरीक सम्बन्धका साथै ब्यबषायीक सुधार त आउाने नै छ तर पनि निमार्ण सुरु भएको ५ बर्ष पछि बनेको पुलको उद्धघाटन गर्न गएका गाउापालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु सहित केही नेतृत्वहरुमा पनि दौमुख क्षेत्रलाई एउटा आर्थिक आधारको रुपमा बिकास गर्न के गर्न सकिन्छ भन्ने बारेमा ध्यान जान जरुरी छ ।

फोटो फिचर

प्रकाशित मितिः     ३२ जेष्ठ २०८०, बिहीबार १८:०२  |