अदानचुली गाउँपालकाको निति तथा कार्यक्रम पारित,पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि क्षेत्रलाई उच्च प्राथमिकता,फेटो फिचर


श्रीनगर । अदानचुली गाउँपालिकले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औ गाउँसभाले आर्थिक बर्षका लागि निति तथा कार्यक्रम संगै बजेट पारित गरेको हो । गाउँपालिकाले आर्थिक बर्षका लागि २५ करोड ७० लाख ८४ हजार ६ सय ७६ रुपैयाको अनुमानित आय ब्याय पारित गरेको छ । गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्तम प्रश्तुत गर्नु भएको हो । आइतबार सम्पन्न भएको १३ गाउँसभाको आयोजना गरेको नितिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर निति प्रश्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष सिंहले प्रश्तुत गरेको निति तथा कार्यक्रममा पहिलो प्राथमिकता पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहले प्रादेशिक स्थानीय सडक सुधार आयोजना (पि,एल,आर,यसपि) अन्तर्गत गल्फागाड श्रीनगर हुदै कालगाड सम्मको सडक म्एच् गरी १४।२ कि।मी कालो पत्रे, स्तर उन्नती गर्ने गरी बिश्व बंैक सँग समन्वय गरि कार्याक्रम लागु गरिएको बताउनु भएको छ ।
गाउँपालिकाले निति तथा कार्यममा गाउँपालिका उपाध्यक्ष कणर् रोकायाले बजेट प्रश्तुत गर्दै पालिका भित्र रहेका विभिन्न खेतियोग्य जमिनमा सिंचाइको लागी सिंचाई, नहर, पोखरी, प्लाष्टिक पोखरी तथा लिफ्ट सिचाइ निर्माण गर्ने कार्यक्रम तय गरेको छ ।
प्रशासकीय भवन, वडा भवन तथा पन्ध्र सैंयाको अस्पताल निर्माणको लागि यसै आर्थिक बर्ष २०८०।०८१ बाट थालनी गर्ने गरी आवश्यक प्रकृयाको थालनी गर्ने छ । श्रीनगरमो रहेको खानेपानिको अभावलाई बिसर्जन गरी एक घर एक धारा सरसफाई लागौ सार भन्ने मुल नाराका साथ आर्थि बर्ष भित्र सम्पन्न गर्ने निति तथा कार्यक्रममा प्रश्तुत गरिएको छ ।
गाउँपालिकामा खेलकुदका गतिबिधि संगै बिभिन्न कार्यक्रम गर्न पालिका स्तरिय रंगशाला निर्माण कार्यलाई थालनि गर्ने भएको छ । गाउँपालिका भित्र सडकलाई स्तरोन्ती गर्दै सडकको पहुँचमा नजोडिएका सडकको पहुँच पुराउने भएको छ । वडा नम्बर ५ को ठाडा काट्ना जोड्ने कच्ची ग्रामिण सडक निर्माण,वडा नम्बर ६ को पाल्स लमई सडक बिस्तार गर्ने भएको छ ।
युवा लक्ष सिप र दक्षतामा आधारित कार्यक्रम उद्यमशिलता तालिम निजि तथा सामुहिक लगानी गरि उत्पादनमा आधरित अनुदानको ब्याबस्थ ागर्ने भएको छ । गाउँपालिकामा कृषक दर्ता कार्यक्रम अगाडि पढाई परिचय पत्र बितरण गरी सोको आधारमा पालिकामा लाग्ने करको छुट गर्ने भएको छ । एक गाउँ एक कृषि प्राबिधिकको अबधरणा ल्याउने भएको छ ।
गाउँपालिकामा रहेको बाँझो जमिनमा तरकारी खाद्यन्न बाली र पशुपंक्षि पालन गरेमा प्रति रोपनिका दरले कार्यबिधि अनुसार अनुदान दिने भएको छ । खाद्यय पोषण सुधार गर्न एक घर एक करेसाबारी कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषकको उत्पादनलाई बजारीकरण गर्न कृषि उपज संकलन केन्द्र स्थापना गर्ने भएको छ । एक वडा एक फलफुल बगैँचा स्थापनाको कार्यक्रम अगाडी बढाउने भएको छ । ओखर,स्याउ,केरा,सुन्ताला तथा कागतिको बगैँचा तयार गरी पकेट कार्यक्रम आत्मनिर्भर बनाई नाफा परियोजना र अल्प उत्पादनलाई बृद्धि गर्ने भएको हो । रैथाने बालिको उत्पादन तथा संरक्षणका लागि कृषकलाई रैथाने बाल उत्पादन गर्न जोड दिने,मौरी पालनलाई थप ब्यावसायिकरण गर्न कृषकलाई अनुदान उपलब्ध गराईने भएको छ । कृष प्रर्दशन कार्यक्रम गरी कृष उत्पादन वढाउन जोड दिने भएको छ ।
गाउँपालिकामा रहेका साना दुई ओटा जलबिद्युत आयोजनालाई दिगो र भरपर्दो बनाउन उपाभोत्ता समिति तथा संञ्चालक समिति संग समन्वय गरी स्थायित्व कायम गर्ने भएको छ ।
छाउपडि छुवाछुत,बाल बिबाह,बहु बिबाह रोक्नका लागि बिभिन्न अभियान संञ्चालन गर्ने बजेट प्रश्तुत भएकोगाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहप्ले जानकारी दिनु भएको छ । गाउँसभा पालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहको अध्यक्षतामा,गाउँपालिका उपाध्यक्ष काणर् रोकाया सुधारको सभा उपाध्यक्षतामा तथा जिल्ला समन्वय समिति उप प्रमुख दलु फडेराको प्रमुख आथित्यमा संञ्चालन भएको थियो ।

फेटो फिचर

प्रकाशित मितिः     ११ असार २०८०, सोमबार ०७:५२  |