वडा सरकार बिउँझाउन भन्दै सिटि र्‍याली


हुम्ला । जिल्लाको सर्केगाड गाउपालिका अन्तरगत छिडी नात्ता भन्ने टोलका नागरिकले वडा सरकारलाई बिउँझाउन भन्दै सिटि र्‍याली गरेका छन । मंगलबार वडा नम्बर १ अन्त्रगत पर्ने छिडि नात्ता टोलका नागरीकहरुले माग सम्बोधनका लागि सिटि र्‍याली गरेका हुन ।

सर्केगाड गाउपालिका वडा नम्बर १ को छिडी नात्ताका टोलबासीहरु नाराबाजी सहित वडा कार्यालयमा गएर वडा सरकारलाई बिउँझाएको स्थानिय दिल बहादुर कार्कीले रेडियो श्रीनगरलाई बताए । यस अघि उतm टोलका धर्मलाल बुढाकी छोरी स्यानु बुढा घरबाट विद्यालय जाने क्रममा लडेर घाईते हुँदा उपचार गर्न सुर्खेत लगीएको थियो ।

छिडी नात्ता बाट तारा प्रावि जैरमा अध्यपन गर्न जादै गर्दा भत्किएको बाटोमा जोखिम मोल्दै जाने क्रममा लडेर घाईते भएको बिषयलाई लिएर सोही बाटो तत्काm मर्मत गर्न भन्दै सोही कार्य गरिएको स्थानिय कार्कीले बताए । स्थानिय बिद्यार्थी बाटोमा लडेर घाइते भएको समयमा वडामा बाटो मर्मत गर्न पटक पटक निवेदन दिएको भएपनि ध्यानाकर्षण नभएपछि सिंगो टोलबासी सिटि बजाउदै वडा कार्यालय सम्म पुगेको हो ।

कार्यालयमा निवेदन दिएकोहप्तौ बितेसगै पटक पटकको निवेदनको सुनुवाई नभए पछि आज टोलबासीले वडा कार्यलय अगाडी सिटी बजाएर नारा बाजी गरी सुतेको वडा सरकारलाई बिउँझाएको हो । टोलबासीको आवाज लाई आज वडाले सुनुवाई गरेर सकरात्मक प्रतिक्रिया दिएको कार्कीले बताका छन ।

वडा नं. १ का वडा अध्यक्ष बल बहादुर कार्कीले उनीहरुको माग पुरा गर्न वडा सरकार सकरात्मक रहेको बताउदै वडाका तर्फ बाट ५०हजार मात्र विनीयोजीत गर्न सक्ने बताउदै थप मर्मतका लागि सम्बन्धीत निकायमा सुनुवाई गर्न पहल गरिने आसपासन देखाएका छन ।

प्रकाशित मितिः     २२ श्रावण २०८१, मंगलवार २०:०६  |