श्रीनगर । गएराती परेको अबिरल बर्षाका कारण बिभिन्न ठाउँमा क्षेती भएको छ । केही दिन अघि देखी राती बर्षा हुने र दिनमा घाम लाग्ने गरेको भएपनि गएराती निरन्तर बर्षा हुदा केही ठाउँमा क्षेती भएको हो ।
यता गएराती परेको अबिरल बर्षाकै कारण अदानचुली २ का मोहन महताराको घर क्षेती भएको छ । रातभर परेको पानिका कारण घर पछाडी पट्टीको पुरै वाल भत्किएको छ । निरन्तर बर्षा भई रहदा घरको वालमा पानी छिरेर वाल भत्किएको बुझिएको छ ।
घरमा कोही नभएको समयमा क्षेती हुदा घटना भने नघटेको पाईको छ । बिहान भत्किएको घर प्रहरीले आज दिउसो सामान्य रुपमा हेरेको भएपनि मुचुल्का भने बिहिबार गरिने घर धनी मोहन महताराले बताउनु भएको छ ।
यस्तै गएरातीको बर्षाकै कराण सर्केगाडा गाउँपालिका वडा नम्बर १ तुम्च बड खोलामा पानिको बहाब उच्च भएपछि बिधार्थीलाई बिद्यँलय आउजाउ गर्न मुस्किल भएको छ । खोलमा पुल नभएका कारण खोला भन्दा वारीका बिद्याथीलाई बिद्यँलय जान समस्या भएको हो ।
आधारभुत तहको बिद्यालय भएकाले सानै उमेरका बालबालिकाले बिद्यालयमा अध्यन गर्दै आएका छन । बिद्यालय जानको लागि साना नानि बाबुहरुले ज्यान दाउमा राखेर खोला तर्दै बिद्यालय गएको स्थानिय संवातदाता रतन बहादुर रावतले जानकारी दिनु भएको छ ।
उहाका अनुसार बिद्यालय जानकालागि गाउँ भन्दा २ किलो मिटर पैदल हुदै तल झरेर कर्णाली करिडोर अन्त्रगतको कलमोट तरेर २ किलो मिटर उकालो हुदै बिद्यालय जानु पर्ने बाध्याता रहेको पाइएको छ । पानि रहेको समयमा बिद्यालयको छाना समेत चुहिने भएकाले बिद्यार्थीलाई झन समस्या भएको छ ।