हुम्ला । खडेरी पर्दा आकुल व्याकुल जस्तै मान्ने नागरिक यती बेलाको निरन्तरको वर्षाले भने हैरानी भएका छन । पहाडी तथा हिमाली क्षेत्रको पाखो जमीनमा खेती गर्न आकासे पानीको भरमा पर्नु बाहेक विकल्प छैन । तर अत्याधिक पानीले भने पहिरोको जोखिम निम्त्याउने त्रास पनि रहेको छ ।
पश्चमीवायुको प्रभाव नरहदा खडेरीले खेती गर्न समस्या झेलेका नागरिकले अत्याधिक वर्षाले क्षेती बेहोर्नु पर्ने पनि बाध्य सहनु परेको छ । यती मात्र नभएर सधैको वर्षको वर्षे सिजनमा धन जनको क्षेती सहनु परेको विपत पिडीडको भनाई रहेको छ । यसपालिको वर्षे सिजनमा पनि हिमाली तथा पहाडी क्षेत्रमा पहिरोको क्षेती भएको पाईएको छ भने तराई क्षेत्रमा डुवानको समस्या जस्ताको त्यस्तै रहेको छ ।
त्यस्तै कर्णाली करीडोरको विभिन्न ठाउमा क्षेती हुदा सवारीहरु सञ्चालन नभए पछि उभोताहरुले महगीँ सहनु परेको छ । कतिपय क्षेती भएको क्षेत्रमा खुलाईएको छ भने कतिपय क्षेत्रमा खुलाउन मुस्किल भएको पाईएको छ ।
वर्षा कै कारण हुम्लाको खच्चामा करिव ५० मीटर बराबर सडक भासियको छ भने सर्केगाडको सर्किदेउ र थाहा भन्ने ठाउमा पनि सडक अवरोध भएको विभिन्न ठाउमा रहेका हाम्रो स्थानिय संवाददाताले खब पठाएका छन । यस्तै सर्केगाड देखि सिमीकोट सम्मको सडकको पाच ठाउमा सुख्खा र पानी पहिरो गएको जेसिबी मार्फत खोलने तयारी पनि भएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनायको छ ।